सुरक्षित गर्भपतन गराउने बढे


प्रकाशित मिति :2017-01-04 11:34:42

अप्रिल अधिकारी

रामेछाप । जिल्लाका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गराउने महिलाको संख्यामा बढेको छ । गतवर्ष मासिक करिब १७ जनाले गर्भपतन सेवा लिन आएकोमा अहिले यो संख्या २५ को हाराहारीमा पुगेको छ ।

जिल्लामा हाल ३१ वटा स्वास्थ्य संस्था मार्फत सुरक्षित गर्भपतन सेवा संचालनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । कार्यालयका जनस्वास्थ्य निरीक्षक केशव फुयाँल जिल्लामा स्वास्थ्य संस्था र दक्ष चिकित्सक बढ्दै गएकाले सेवा लिन आउने बढ्न थालेको बताउनुहुन्छ । उहाँका अनुसार ३१ वटा सरकारी र निजी स्वास्थ्य संस्थामध्ये धेरैजसोमा दक्ष चिकित्सक र औजार उपलब्ध भएको र औषधी खुवाएर गरिने गर्भपतनको सुविधा समेत उपलब्ध छ ।

जिल्लामा विशेषगरी प्रसूति सेवा संचालनमा रहेका र सुरक्षित गर्भपतन सम्बन्धी तालिम प्राप्त जनशक्ति भएका स्वास्थ्य संस्थाले गर्भपतन सेवा दिइरहेको उहाँले जानकारी दिनुभयो । असुरक्षित गर्भपतनले कतिपय अवस्थामा महिलाको ज्यानै समेत जाने बताउँदै फुयाँल सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्नुले महिलामा त्यसतर्फ चेतना बढ्न थालेको मान्नुहुन्छ ।

विगतको तुलनामा अहिले धेरै परिर्वतन आएको र महिलाले समेत गर्भपतन सम्बन्धी खुलेर कुरा गर्न थालेको स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गराउँदै आएका स्वास्थ्यकर्मीहरूको अनुभव छ । तामाकोशी सहकारी अस्पतालका निर्देशक सुमन कर्माचार्य भन्नुहुन्छ, ‘कतिपयले भने परिवार नियोजनको साधन प्रयोग गर्दा पनि गर्भ बसेको, विवाहेत्तर सम्बन्धका कारण वा अविवाहितहरू र जवरजस्ती करणीका घटना पीडितहरू बढी आउँछन् ।’

तर, लुकीछिपि असुरक्षित गर्भपतन गराउने चलन अझैपनि रहेको उहाँले बताउनुभयो । ग्रामिण भेगका महिलामा सुरक्षित गर्भपतन सेवाको बारेमा जनचेतना पुग्न नसक्दा असुरक्षित गर्भपतन गराउने क्रम नरोकिएको र केहि महिलाले परम्परागत घरेलु विधि र जडीबुटीको प्रयोग अझै गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

कानुन अनुसार १२ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ । हाडनाताकरणी, बच्चा र आमाको ज्यान खतरा हुने अवस्था र विशेष परिस्थितिमा भने १८ हप्तासम्मको गर्भ पनि फाल्न सकिने व्यवस्था रहेको छ । पछिल्लो समय सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतन सेवा संचालनमा भएकोले पनि स्वास्थ्य संस्थामा सेवा लिन आउनेको संख्या बढेको मानिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: