परिवारको साथ पैसासँग कसरी दाँज्नु ?


प्रकाशित मिति :2017-01-04 13:01:20

साउदी अरबमा पनि तरकारी खेती गरेका बिर बहादुर बिदेशमा भन्दा आफ्नै देशमा यही कामबाट फाइदा हुने देखेपछि स्वदेश फर्के । आफ्नै थलोमा परिवारको सहयोगमा तरकारी खेती गरेर रहर लाग्दो आम्दानी गरिरहेका छन् ।

बेलिना थापा
लमजुङ । बेशीसहर नगरपालिका वडा नम्बर ५ टारगाउँ तालफाँटका एक दम्पती जतिखेर पनि बारीमा भेटिन्छ । बिर बहादुर विक र चिजा विक । ती दम्पतीको मेहेनत देखेर प्रशंसा नगर्ने कोही छैन ।

नौ वर्ष साउदी अरबमा बसेर तरकारी खेती नै गरेका विरबहादुर विकले परिवारसँगे बसेर यही काम गर्ने निर्णय गरे र स्वदेश फर्के । उनीहरूले व्यवसायिक तरकारी खेती गर्न थालेको सात वर्ष भयो । ६१ वर्षीय विरबहादुर र ३९ वर्षीया चिजा दिनचर्या विहानै छ बजेदेखि सुरु हुन्छ । बेलुका तरकारी टिपेर राख्ने र विहान डोकामा तरकारी बोकेर सदरमुकाम बेशीसहर पुर्‍याउने ।

विक दम्पतीको बारीमा अहिले काउली, बन्दा, घिउ सिमी, रायो साग, तोरीको साग, खोले साग, गाजर, गोलभेंडा धनियालगायत हेर्दै मनै रमाउने प्रशस्त तरकारी छ । पाँच रोपनी जग्गामा तरकारी खेती गरेका उनीहरूले तरकारीबाट आर्थिक रुपमा निकै फाइदा भएका बताउँछन् । आफूहरूले ताजा तरकारी बेशीसहर बजारमा बिक्री गर्न लैजाने भएकाले बजारको समस्या नरहेको चिजाले बताइन् ।

विक दम्पतीले तरकारी खेती बाहेक आठ हल लाग्ने धान खेती पनि गरेका छन् । केही जग्गा आफ्नै भएपनि केही बन्दकीमा किनेर खेती गरेको उनी बताउँछिन् । सिजन अनुसार तरकारी खेती गर्दै आएका विक दम्पतीले भैँसी, बाख्रा पनि पाल्दै आएका छन् ।

उनीहरूको काममा बुहारी विबा, नातीहरू आंशिक र साखिलले पनि सहयोग गर्छन् । छोरा बिरेन्द्र विकको २०६२ सालमा गाडी दुर्घटनामा परि २५ वर्षको उमेरका ज्यान गएको थियो त्यसपछि बिर बहादुर स्वदेश फर्के अनि तरकारी खेती गर्न थाले ।

विक दम्पतीले मासिक रुपमा घरखर्च कटाएर ४० हजार रुपैयाँ बचत गर्दै आएका छन् । समय समयमा तरकारी खेतीका लागि खेताला पनि लगाउने उनीहरूलाई जिल्ला कृषि विकास कार्यालयले ४० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । विर बहादुर भन्छन् ‘विदेशमा भन्दा स्वदेशमै आफ्नै परिवारसँग बसी काम गरेर आम्दानी गर्नुको आनन्द पैसासँग पनि दाँज्न सकिँदैन ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: