घटना नदोहोर्‍याउने सर्तमा मिलापत्र


प्रकाशित मिति :2017-01-04 16:37:45

महिला खबर

टाउकोमा टाँका लगाइपछि घाइते माधबी भट्ट

बैतडी । नेपाल महिला संघकी केन्द्रिय सदस्य तथा अन्तरपार्टी महिला सञ्जालकी जिल्ला सचिव कान्ता चन्दले अबदेखी यस्ता घटना नदोहोर्‍याउने र उपचारमा लागेको खर्च व्यहोर्ने भनेपछि माधबी भट्टको कुटपिटको घटना मिलापत्र भएको छ ।

सञ्जाल सचिव चन्दले आफ्नै छिमेकी २९ वर्षीया माधबी भट्टलाई कुटपिट गरेपछि भट्टले आफूमाथि कुटपिट भएको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा उजुरी हालेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले सामान्य विवादले निम्त्याएको घटना भएकाले दुवैजनाले अब मिलेर जाने भनेपछि मिलापत्र गरेको वताउनुभएको छ ।

‘छिमेकी भएकाले आपसी विवादले कुटपिटसम्म पुगेको हो । दुवै जनाले अबवाट मिलेर बस्ने हामी मिलापत्र गर्ने चाहान्छौ, भनेपछि मिलापत्र गराएर पठाएका छौं माधबीलाई उपचारमा लागेको खर्च कान्ताले दिएपछि मिलापत्र भएको हो’ उहाँले भन्नुभयो ।

दुबैजनाको वादविवादको क्रममा माधबीको टाउको,मुख,घाँटी र कम्मरमा चोट लागेको थियो । भट्टको टाउकोमा पाँच टाका लगाईएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: