ससुरावाट बलात्कृत युवतीले गरिन् पत्रकार सम्मेलन


प्रकाशित मिति :2017-01-05 11:09:03

महिला खबर
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आफ्नै ससुरावाट साढे दुईवर्ष वर्षदेखि बलात्कृत हुँदै आएको भन्दै एक युवतीले जवरजस्तिकरणीको मुद्दा दर्ता गराएकी छन् ।

कञ्चनपुरका काँग्रेस नेता समेत रहेका ससुराले विवाह भएको एक हप्तादेखि नै आफूमाथि बलात्कार गर्दै आएको भन्दै उनले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता गराएकी हुन् ।

बुधवार पत्रकार सम्मेलन गर्दै ती २० वर्षीया युवतीले २०७१ असार ६ गते विवाह गरेपछि श्रीमान् पढाईको सिलसिलामा बाहिर गएको र त्यसपछि ससुराले ‘घाँटीमा छुरा’ देखाएर बारम्बार यौन शोषण गर्दै आएको वताएकी छन् ।

‘मेरो ससुराले घरबाहिर यो कुरा भने मारिदिने धम्की दिन्थ्यो, त्यसैले मैले बदनाम र डरले कसैसँग भनिनँ’ पीडित युवतीले भनिन् ।
घरबार बिग्रन्छ भनेर आफूले यत्रो अवधिसम्म अपराध सहेर बसेको उनले वताइन् । ससुराले आफूमाथि यस्तो हर्कत गर्दा आफू भागेर माईती जाने गरेपनि माइतीले पुनः घर पु¥याईदिने गरेको उनको गुनासो थियो । सासुलाई भन्दा समेत आफ्नो श्रीमानलाई सम्झाउनु भन्दा ‘तँ मेरो बुहारी होईन सौता हो’ भन्दै उल्टै आफूलाई गाली गर्ने गरेको पत्रकार सम्मेलनमा उनले वताइन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नैनसिंह कार्कीले आरोपी ससुरालाई थुनामा राखिएको र सबै अनुसन्धानको काम सकिसकेको वताउनुभएको छ ।

उपरीक्षक कार्कीले युवतीले मसिंरमा पनि आफू ससुराबाट बलात्कृत भएको वताएपनि मेडिकल रिपोर्टमा त्यस्तो केही नभेटिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयाे  ‘हामीले अनुसन्धान सकिसहेका छौं अब यो केश अदालतमा जान्छ ।’उपरीक्षक कार्कीले मंसिर २९ गते आएको उजुरी पुष १ गते दर्ता गरिएको जानकारी दिनुभयाे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: