महिला खबर
ललितपुर । आजभोली मानिसहरू आफूलाई राम्रो देखाउन बजारमा पाइने धेरै कस्मेटिक उत्पादन लगाउने गर्दछन् । यसले गर्दा कहीलेकाहीँ छालालाई नकारात्मक असर पर्न सक्छ । साथै यसले अनुहारमा दिर्घकालीन असर पनि गर्दछ । तर सयाैं वर्षदेखि चल्दै आएका आयुवेर्दिक र घरेलु उपाय छन् जसले छाला र अनुहारमा कुनै नकारात्मक असर गर्दैन ।
१) कांक्रो
कांक्रोेमा यस्तो गुण छ जसको प्रयोग हप्तामा एक चोटी गरेका शरीर तथा अनुहारमा निखार आउछ । अनुहारलाई चम्काउनका लागि कांक्रोेको जुस बनाएर वा पेष्ट बनाएर लगाउनुहोस् ।
२) आलु
आलु खानका लागि मात्र होइन, अनुहारमा लगाउन पनि काम लाग्छ । तपाईको अनुहारमा कालो दाग छ भने आलुलाई पातलो गरेर काटेर अनुहारलाई मसाज गर्नुहोस् । आलुको जुस बनाएर लगाएमा अनुहारमा निखर आउँछ ।
३) नरिवल पानी
नरिवल पानी सधँै पिउनाले अनुहारमा चमक आउनथाल्छ । यसको पानीले अनुहार धुनाले अनुहारमा रहेका दाग हट्छ । नरिवलको पेष्ट बनाएर अनुहारमा लगाउनाले छाला चम्किलो हुन थाल्छ ।
५) गोलभेँडा
गोलभेँडाले तरकारीको स्वाद बढाउने मात्र होइन । तपाईको अनुहारमा पनि चमक दिन्छ । २ चम्चा गोलभेँडाको रस र आधा चम्चा मह मिसाएर अनुहारमा लगाउनुहोस् । २० मिनेटपछि अनुहार धुनुहोस् । तपाईको अनुहारमा चमक आउँछ । यो चिल्लो अनुहार हुनेका लागि फाइदाजनक छ ।
Comment Here!