पन्ध्र दृष्टिविहीनलाई सेतो छडी


प्रकाशित मिति :2017-01-05 15:01:37

महिला खबर

कपिलवस्तु। दैनिक जीवनयापन सहज गराउने उद्देश्यले जिल्लाका १५ जना दृष्टिविहिनलाई सेतो छडी बाँडिएको छ। एस हेल्पिङ हेन्डको सहयोगमा अपांग उत्थान समाज र आईएनएफले आयोजना गरेको एक कार्यक्रममा छडी वितरण गरिएको हो।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघका वरिष्ठ उपाध्यक्ष देवी बहादुर पोखरेलले छडीको प्रयोगले दृष्टिविहीनलाई उत्साह थपेको भन्दै उनीहरूको हकहितका लागि सबैले सहयोग गर्नुपर्ने बताए।

कार्यक्रममा आइएनएफ नेपाल कपिलवस्तुकी सहायक अधिकृत मिना महत, अपांग उत्थान समाज कपिलवस्तुका उपाध्यक्ष ओरीराम चौरासीयालगायतले दृष्टिविहीनको हकहितका लागि सबै जागरुक हुनुपर्ने, उनीहरूलाई सामाजिकस्तरबाट सहयोग गर्नुपर्नेलगायतका कुरा बताएका थिए।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: