भूकम्पपछि २ सय ८८ महिलालाई स्नेह केन्द्रमा आश्रय


प्रकाशित मिति :2017-01-05 16:33:22

सर्मिला बुढाथोकी

दोलखा । भूकम्पपछि समस्यामा परेका बालबालिका तथा महिलालाई आश्रय र आवश्यक परामर्श दिन स्थापना गरिएकोे महिला तथा सुरक्षित स्थान केन्द्र (स्नेह केन्द्र) दोलखाले २ सय ८८ महिला तथा बालबालिकालाई आश्रय दिएको जनाएको छ। महिला तथा बालबालिका कार्यालय दोलखा र ओरेक नेपालको समन्वयमा आवाज नेपालले सञ्चालन गरेको स्नेह केन्द्रले ०७२ बैशाख २९ को भूकम्पपछि ०७३ पुस १६ गतेसम्म १ सय ९३ हिंसा प्रभावित महिलालाई कानुनी प्रकृयाको बारेमा जानकारी गराएको, ४ सय १८ जना किशोरी तथा महिलालाई मनोसामाजिक विर्मश, सचेतनामूलक शिक्षा, जीविकोर्पाजनको लागि सहयोग र क्षमता विकास तालिम प्रदान गरिएको केन्द्रकी शर्मिला थापाले जानकारी दिइन्।

केन्द्रले दोलखा सदरमुकाम चरिकोट, सिंगटी, जिरी, शहरे, काब्रे र लाकुरीडाँडा गाविसलाई कार्यक्षेत्र बनाएर काम गरेको थियो। केन्द्रले आश्रय दिएका महिला तथा बालबालिका दोलखाबाहेक रामेछाप, धादिङ, हेटौडा, काभ्रे, रुपन्देही र गोरखा जिल्लाबाट समेत आएको आवाज नेपालकी अध्यक्ष सिर्जना कार्कीले बताईन्। केन्द्रले सीपमूलक कार्यक्रम अर्न्तगत तीन महिने सिलाईकटाई, ब्युटिपार्लर, कम्प्युटर, क्रिस्टल र पोतेबाट बिभिन्न सामग्री बनाउने तालिम, गीत तथा नृत्य प्रशिक्षण दिईएको अध्यक्ष कार्कीले बताईन्।

भूकम्पपछिको करिब २ वर्षको अवधिमा केन्द्रले ५ हजार ९ सय ८२ जना महिला, किशोरी तथा बालबालिकालाई आवश्यक सामग्रीसहितको किट, १ सय ३० जना महिलालाई न्यानो कपडा वितरण, २५ बाकस स्यानिटरी प्याड, ५० जनालाई महिला किट र २२ जना महिलालाई त्रिपाल वितरण गरिएको कार्कीले जानकारी दिइन।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: