अठ्ठाइस लाख रुपैयाँसहित अल्ट्रा म्याराथन धावक मीरा सम्मानित


प्रकाशित मिति :2017-01-05 17:22:19

महिला खबर

सुनसरी। अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धावक मीरा राई २८ लाख रुपैयाँसहित आज झापामा सम्मानित भएकी छन्। खेलका कारण नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको भन्दै झापाको दमकमा राईलाई सम्मान गरिएको हो। बेलायतमा रहेका आधा दर्जन संघसंस्थाले संयुक्त रुपमा उहाँलाई सम्मान गरेका हुन्।

सम्मान कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट, झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, सांसद महेन्द्रकुमारी सुब्बाले संयुक्त रुपमा मीरालाई २८ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए।

बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङ्गको पहलमा त्यहाँ रहेका किराँत राई यायोख्खा, जेन मार्शल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युथ अर्गनाईजेशनको सहयोगमा रकम जुटाइएको थियो। सोही कार्यक्रममा धावक मिरा राइलाई अल्ट्राम्याराथन खेलमा लाग्न प्रेरित गर्ने कराँते खेलका प्रशिक्षक धु्र्रवविक्रम मल्ललाई दुई लाख रुपैयाँसहित सम्मान गरिएको छ।

को हुन मिरा राई ?

भोजपुर जिल्लाको सानो दुम्जामा २६ वर्षअघि जन्मिएकी मीरा राई नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाइस अवार्डमा मनोनयनमा पर्न सफल धावक हुन्। उनी तत्कालिन नेकपा माओवादीकी लडाकु हुन्। शान्ति प्रक्रियाको क्रममा अयोग्य लडाकुको सूचिमा परेकी मीरा त्यसपछि खेल क्षेत्रमा आकर्षित भएकी थिइन्।

माओवादी लडाकु छँदा समेत राईले तत्कालिन पिएलए र्स्पोट्स् क्लबबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा एथलेटिक्समा भाग लिएकी हुन् ।
काठमाडौंमा भएको अल्ट्रा हिमालयन आउटडोर दौडमा पहिलोपटक भाग लिएर अल्ट्रा म्याराथनमा लागेकी मीराले स्वदेश तथा अन्तर्राष्ट्रियस्तरका आधा दर्जन बढी प्रतियोगितामा विभिन्न उपाधि पाएकी छन् ।

पछिल्लो पटक फ्रान्समा आयोजित मोन्ट ब्लान्स नामक ८० किलोमिटर दुरीको अल्ट्रा म्याराथन दौडमा पहिलो स्थान हासिल गरेपछि उनको नाम अन्तर्राष्ट्रियस्तरमै चुलिएको छ। अयोग्य लडाकु घोषित भएपछि उनलाई खेलमा फर्काउने काम कराँते प्रशिक्षक ध्रुव विक्रम मल्लले गरेका हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: