बालविवाहविरुद्ध सक्रिय प्रहरीःदुईजनाविरुद्ध मुद्दा


प्रकाशित मिति :2017-01-06 12:00:26

प्रकाश सिंह

बालविवाह रोक्न साप्पाटा ३ रुढीका महिला छलफल गर्दै ।

बाजुरा । बाजुरा जिल्लामा बालविवाह बढ्दै गएपछि पछिल्लो समयमा यसलाई रोक्न प्रहरी र स्थानिय सक्रिय भएका छन् । प्रहरीले बालविवाह गर्ने २ जना विरुद्ध पहिलो पटक जिल्ला अदालत बाजुरामा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव निरीक्षक कृष्ण बहादुर खड्काले जानकारी दिनुभयो ।

कैलाशमाडौं ८ बस्ने २४ वर्षीय टेक बहादुर शाहीले १५ वर्षीया वालिकालाई विहे गरेको भन्दै प्रहरीले अदालतमा मुद्दा चलायो । दोषी शाहीलाई जिल्ला अदालत बाजुराले १३ दिन कैद र १० हजार जरिवाना गराएको थियो । त्यस्तै पुष ६ गते वडिमालिका नगरपालिका ७ बस्ने २३ वर्षीय हर्क बढुवालले १५ वर्षीया वालिकालाई ललाई फकाई विहे गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिइ छानविन शुरु गरेको छ ।

उनलाई प्रहरी हिरासतमा राखेर जिल्ला अदालत बाजुरामा बालविवाहविरुद्ध मुद्दा चलाएको प्रहरी नायव निरीक्षक खड्का वताउनुहुन्छ । दुवैजना वालिकालाई भने अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

बालविवाह बढदै गएपछि प्रहरी र स्थानिय अभियान्ताको सक्रियतामा बालविवाह रोक्ने काम भइरहेको छ । गएको भदौ महिनायता मात्र पाँचवटा बालविवाह रोकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख दल बहादुर बोगटीले जानकारी दिनुभयो । दुईवटा बालविवाहमा केटा र केटी दुबैको उमेर नपुगेको र ३ वटामा केटाको उमेर पुगेका,े तर केटी उमेर पुगेको थएन, स्थानियसँग समन्वय गरेर हुन लागेको बालविवाह रोकेको बोगटी वताउनुहुन्छ ।

। जिल्लामा बालविवाहका घटना बढ्दै गएपछि प्रहरी पनि बालविवाह रोक्नका लागि सक्रिय भइरहेको छ, कतै बालविवाह हुन लागेको वा भएको खबर आउन साथ प्रहरी गएर रोक्ने प्रयास भइरहेको प्रहरी प्रमुख बोगटीले वताउनुभयो ।
केही महिना पहिला १२ वटा गाबिसमा एक संस्थाले गरेको सर्वेक्षणमा बालविवाह धेरै हुने गरेको पाईएको थियो । बालविवाह बढ्दै गएपछि जिल्लामा बालविवाह रोक्न सरकारी तथा गैरसरकारी संस्था, प्रहरी र स्थानिय अधिकार कर्मी सक्रिय भएका छन् । जिविस, नगरपालिका, गाबिस, महिला तथा वालवालिका कार्यालय, युएनएफपीए (ग्ल्ँएब्) सेभ द चिल्ड्रेन, पिसवीनलगायत सरकारी तथा गैरसरकारी र अन्तर्राष्ट्रिय संस्था बालविवाहविरुद्ध चेतना फैलाउने काम भइरहेका छन् ।

गाउँमा बालविवाहविरुद्ध सडक नाटक, र्‍याली, गोष्ठी, अन्तक्र्रिया घरदैलो अभियान, वालवालिकाविरुद्ध हुने हिंसा सम्बन्धि तालिम, बालविवाह सम्बन्धि चेतना फैलाउने काम भइरहेको सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक बाले विश्वकर्मा वताउनुहुन्छ । बालविवाहका असरका बारेमा समेत किशोर किशोरीलाई जानकारी गराउने काम भइरहेको बिकले वताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: