पाँचवर्ष मुनिकालाई पोषण भत्ता


प्रकाशित मिति :2017-01-06 14:07:53

शिवराज खत्री

अछाम । पाँच वर्ष मुनिका सबै बालबालिकाले मासिक रुपमा ४ सय रुपैँया बाल पोषण भत्ता पाउने भएका छन् । मानव विकास सुचकांकमा सबैभन्दा पछाडी परेको जिल्ला अछाममा बाल संरक्षण अनुदान अन्र्तगत भत्ता दिन लागिएको हो ।

सरकारले चालु आर्थिक वर्षको माघ महिनादेखि नै जिल्लाका सबै बालबालिकालाई भत्ता दिने व्यवस्था मिलाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिल्ला विकास समितिलाई पत्र पठाउँदै आर्थिक वर्ष ०७३/०७४ को बजेटमा सबै क्षेत्रका विपन्न परिवारका २ जना बालबालिकाले क्रमशः बाल संरक्षण अनुदान प्राप्त गर्दै जाने उल्लेख भए बमोजिम अनुदान दिन लागिएको बताएको छ ।

पत्र अनुसार एकै परिवारका बढिमा दुई बालबालिका र भर्खर जन्मिएकादेखि पाँच वर्षभित्रका बालबालिकाले मात्र सो भत्ता पाउने छन् ।
मन्त्रालयले बाबु वा आमा मध्ये कुनै एक सरकारी सेवा तथा औपचारिक संगठन सेवामा लागेका वा कुुनै व्यवसाय दर्ता गरी बसेको भए तिनका बालबालिकालाई पनि बाल पोषण भत्ता नदिने स्पस्ट पारेको छ ।

पत्रमा पोषण भत्ता पाउन योग्य बालबालिकाको तथ्याङ्क र दरखास्त माघ मसान्तसम्म संकलन गर्ने र सोको आधारमा बजेटको अख्तियारी माग गर्नुपर्ने पनि उल्लेख गरिएको छ । मन्त्रालय अन्र्तगतको केन्द्रीय पञ्जीकरण विभागले प्रत्येक गाविस तथा नगरपालिकामा बाल पोषण भत्ता पाउन योग्य बालबालिकाको तथ्यांक संकलनमा गाविस सचिव तथा नगरका वडा सचिवलाई परिचालन गर्न र उनीहरूलाई यस बारेमा तालिम दिन निर्देशन दिएको छ ।

जिविसका योजना अधिकृत मित्रदेव लम्सालले बालबालिकाको पोषण अवस्था सुर्धाने उद्देश्यले सरकारले यो कार्यक्रम ल्याएको र बालबालिकाको तथ्यांक संकलनका लागि तत्कालै गाविस सचिवलाई परिचालन गरिने जानकारी दिनुभयो । अछामका स्थानीय विकास अधिकारी तोयानारायण सुवेदी भन्नुहुन्छ, ‘भत्ता आवश्यक भएका बालबालिकाले मात्र पाउन भन्ने हाम्रो उदेश्य हो, यसबारे सबै सरोकारवासँग छलफल गर्नेछौं ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: