पत्रकार महासंघमै महिला सहभागिता आवश्यक


प्रकाशित मिति :2017-01-06 15:02:01

महिला खबर

सुनसरी । नीति निर्माण गर्ने तहमा महिलाको उपस्थिति नभएसम्म पत्रकार महिलाका समस्या समाधान हुन नसक्ने एक कार्यक्रममा बताइएको छ । क्रियाशिल पत्रकार महिलाको आयोजनामा भएको सो कार्यक्रममा सहभागीले पत्रकार महिलाका समस्या र चुनौती समाधान गर्न नेपाल पत्रकार महासंघमा पत्रकार महिलाको नेतृत्व हुनुपर्ने आवश्यकता औल्याएका छन् ।

कार्यक्रममा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक निर्मला आचार्यले हरेक जिल्लामा रहेको नेपाल पत्रकार महासङ्घका केन्द्रिय समितीमा महिला सञ्चारकर्मीलाई स्थान दिन पनि आग्रह गर्नुभएको छ ।

सो अवसरमा सक्रिय पत्रकार महिलाको संस्थापक अध्यक्ष सङ्गीता लामाले महिला पत्रकारले पेशागत दक्षता हासिल गरेर अधिकार प्राप्तिका लागि अग्रसरता देखाउन सक्दा समाज वा राज्यले समेत उनीहरुलाई पछि पार्न नसक्ने बताउनुभयो । यसैगरि, अध्यक्ष शुभेच्छा बिन्दु तुलाधरले महिला पत्रकारले आफुलाई स्थापित गराउन धेरै कामहरु गरेपनि अझै अघि बढनुपर्ने खाँचो औल्याउनुभयो ।

कार्यक्रममा पत्रकारहरु याम प्रधान, लिलाराज भट्टराई, गणेश निरौला, बाबुराम सुवेदी, राजन केडी, अम्विका राजथला लगायतले सक्रिय महिला पत्रकारले हिनताबोध नगरि उत्साह र जोसका साथ पेशामा खरो उत्रनुपर्ने बताउनुभयो ।

यसैगरि, पत्रकारहरु ज्ञानु श्रेष्ठ (रामेछाप), सङ्गीता भण्डारी (डडेल्धुरा), राधिका भुसाल ( प्यूठान), मनिता चाम्लिङ (सुनसरी), तेजकुमारी विष्ट (रोल्पा), मुना हमाल (सुर्खेत), बविता परियार (उदयपुर) र कौशिला राइ (इलाम) ले आ–आफ्नो जिल्लामा पत्रकार महिलाको अवस्था, समस्या र चुनौतीबारे प्रस्तुति दिनुभयो ।

कार्यक्रममा रसुवाकी अनु आचार्य, दोलखाकी गायत्री आचार्य, धादिङकी सरिता श्रेष्ठ, म्याग्दीकी रेखा रेग्मी, मोरङ्गकी उमा पोखरेल, नवलपरासीकी धनु भुसाल, सिरहाकी एलिना चौधरी, झापाकी माया पकुवाल, कपिलवस्तुकी गीता पौडेल, प्युठानकी राधिका भुसाल लगायतका पत्रकार पनि सहभागी थिए । सहभागी सबैले पत्रकार महिलाका अवसर र चुनौतीका विषयमा आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा देशभरको १८ जिल्लाका पत्रकार महिला भेला भएको थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: