घरेलु हिंसाको कारण भन्दै मदिरा नियन्त्रणमा प्रहरी


प्रकाशित मिति :2017-01-06 16:13:30

सर्मिला बुढाथोकी

गाउँमा भएको भेलामा सम्बोधन गर्दै प्रहरी नायव उपरीक्षक रविन कार्की

दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले गएको भदौमा आयोजना गरेको एउटा छलफल कार्यक्रममा निष्कर्ष निक्लियो – महिला हिंसा, तथा घरेलु हिंसाको प्रमुख कारण मदिरा हो । त्यसपछि, प्रहरीले घरेलु मदिरा नष्ट गर्ने अभियान नै सुरु गर्‍यो ।

प्रहरीका अनुसार भदौदेखि सुरु सो अभियानबाट हालसम्म भीमेश्वर नगरपालिका र विभिन्न गाविसका १४ स्थानबाट ३ हजार ३ सय १५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

यसैगरी ५ हजार ४ सय ७० किलो घरेलु मदिरा बनाउने कच्चा पर्दाथ र अवैध रुपमा बेच्नका लागि राखिएको १ सय २८ बोतल विभिन्न ब्राण्डका सिलप्याक रक्सी समेत बरामद भएको प्रहरी नायव निरीक्षक (सई) राजन काफ्लेले जानकारी दिनुभयो ।

बरामद गरिएको घरेलु मदिरा

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले अभियान सोचेजस्तो सफल नभएपनि उपलब्धीमूलक भएको बताउनुभएको छ । उहाँले नागरिक समाज, पत्रकार, राजनीतिज्ञ, समाजसेवीलगायत स्थानीयको पनि साथ भएमा अभियान सफल हुने बताउनुभयो ।

अभियानको क्रममा विभिन्न समस्या आउने भएकोले त्यसलाई सहज गर्न र समाजका अगुवाहरूको सर्मथन लिन हरेक महिना आमा समूह तथा नागरिक वडा मञ्चका पदाधिकारीहरूको बैठक राख्ने र अभियानको बारेमा छलफल गर्ने गरिएको उहाँको भनाई छ ।

उहाँका अनुसार आमा समूह तथा नागरिक वडा मञ्चका पदाधिकारीसँगको बैठकमा समाजमा हुने गरेका अपराधिक गतिविधिको प्रकृति, अपराध नियन्त्रण, प्रहरीको काम कार्वाही, प्रहरीको आवश्यकता र कार्यरत प्रहरीको व्यक्तिगत स्वभाव लगायतका विषयमा समेत छलफल गर्ने, सुझाव लिने र आवश्यकता अनुसार गाउँ गाउँमा प्रहरी परिचालन गर्ने काम समेत भइरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: