भूकम्पपछि अपाङ्गता भएका महिलाको अवस्था दयनीय


प्रकाशित मिति :2017-01-08 14:01:40

अधिकांश अपांगता भएका महिलामा भूकम्पपछि मानसिक स्वास्थ्य जटिल समस्या बनेको छ । अबको केही समयमै उनीहरूलाई कुनै विशेष परामर्श नदिने हो भने अवस्था झनै जटिल बन्दै जाने सम्भावना छ ।

महिला खबर
२०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प, जसले मुलुकलाई तहन–नहस नै गरिदियो । भूकम्पमा परी हजारौं मानिसले ज्यान गुमाए भने लाखौं मानिस घरवारविहीन भए । विनाशले महिला र पुरुष भन्न नपर्ने हो, तर सामाजिक परिवेश, त्यस अनुसारको वातावरण र सरोकारवालाको निस्क्रियताले भूकम्पपछि पनि पीडित हुनेमा महिलाको संख्या नै धेरै छ ।

राष्ट्रिय अपाङ्ग महासंघको तथ्यांक अनुसार विनाशकारी भूकम्पले १७ जिल्लाका ११ हजार अपाङ्गता भएका व्यक्तिहरू प्रभावित भए । भूकम्पकै कारण थप ५ हजारले अपाङ्गता बेहोरे । यसमा पनि महिलाको संख्या अधिक रहेको महासंघको अनुमान छ ।

गोरखा र धादिङ्गका १० गाविसका १ सय ६८ महिलामा गरिएको अध्ययनमा उनीहरूको अवस्था निकै दयनीय रहेको पाइएको अपाङ्गता सम्बन्धी अनुसन्धानकर्ता मनोज कुमार गोहीवारले बताउनुभयो ।

गोहीवारले भन्नुहुन्छ–एक त पहिलेदेखि नै हामीसँग अपाङ्गमैत्री संरचनाहरू थिएन, जे थियो त्यो पनि भत्कियो । भूकम्पपछि उनीहरूको हेरालु पनि हुने भएन । त्यसले ठुलो समस्या निम्त्याउने काम ग¥यो । अधिकांश अपांगता भएका महिलामा भूकम्पपछि मानसिक स्वास्थ्य जटिल समस्या बनेको बताउनुभयो । अबको केही समयमै उनीहरूलाई कुनै विशेष परामर्श नदिने हो भने अवस्था झनै जटिल बन्दै जाने गोहीवारको भनाई छ ।

भूकम्पपछि अपाङ्गता भएका महिलाका लागि खडा भएको अर्को ठुलो समस्या हिंसा हो । भूकम्पपछि महिला हिंसा बढेको बताउँदै गोहीवारले भन्नुहुन्छ, ‘यसबाट भएका घटना निकै जटिल छन्, जुन शब्दमा भन्नै सकिन्न, भूकम्पले घर भत्काएपछि बस्ने ठाउँ सुरक्षित हुँदैन, यही मौका छोपी केही मानिसले गलत फाइदा समेत उठाउने गरेका छन् , उनीहरूलाई आफ्नै घरपरिवारबाट पनि साथ सहयोग नमिलेको अध्ययनमा पाइएको छ ।’

अध्ययनले गोर्खामा ५४ र धादिङ्गमा ४६ प्रतिशत अपाङ्गता भएका महिला रहेको देखाएको छ । उनीहरूमध्ये ६९ प्रतिशतलाई लैङ्गिक हिंसाको बारेमा तथा ७५ प्रतिशतलाई अपाङ्गता सम्बन्धी अधिकारका बारेमा थाहा छैन । अझ दुःख लाग्दो कुरा त के छ भने, ७३ दशमलव २१ प्रतिशत अपाङ्ग भएकै कारण हिंसामा पर्ने गरेको अध्ययनले देखाएको छ । अपाङ्गता भएका महिलाका विशिष्ठ खाले समस्या सम्बोधन गर्न सरकारलाई निरन्तर दबाब दिने अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धिताल बताउनुहुन्छ ।

धितालले भन्नुभयो – ‘अन्य विभिन्न संघ संस्थाबाट हामी सुझाव लिन्छौं, अनि हामी निरन्तर लाग्छौं, सरकारलाई लबिङ्ग गर्छौं, सरकारले के गरिरहेको छ, कसरी गरिरहेको छ ? भनी हामी मनिटरिङ्ग गर्छौ, हामीले दिएको सुझाव अनुसार सरकारले काम गर्‍यो की गरे न त, रिपोर्टपछि अपाङ्गता भएका महिलाको अवस्थामा के फरक आयो त, भनी सम्बन्धित जिल्लामा पनि जान्छौं ।’

सरकारले गरेको विभिन्न कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्ति त्यसमा पनि महिलालाई प्राथमिकता दिनुपर्ने धितालको भनाई छ । ५० दशमलव ६० प्रतिशत अविवाहित, ४८ दशमलव २१ प्रतिशत विवाहित र शून्य दशमलव ६० प्रतिशत अपाङ्गता भएका महिलाहरू रहेको अध्ययनमा पाइएको छ ।

शिक्षाको पहुँचमा पनि उनीहरूको संख्या निकै कम भेटिएको छ । ४० दशमलव ४८ प्रतिशत अपाङ्गता भएका महिलाहरूले लेख–पढ गर्न सक्दैनन् । उच्च शिक्षा लिनेको संख्या मात्र १ दशमलव ७९ प्रतिशत मात्र पाइएको अध्ययनमा उल्लेख छ । भूकम्पपछि अपाङ्गता भएका महिलामा देखिएको अर्को ठुलो समस्या भनेको डर हो । अझै पनि उनीहरूमा डर छ ।

महिला तथा बालबालिका समाजकल्याण मन्त्रालयका अपाङ्ग अधिकार प्रवद्र्धन महाशाखा प्रमुख भरत शर्मासँग फरक अनुभव छ । सूचनाको अभावका कारण भएका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न समस्या भएको उहा“ बताउनुहुन्छ । समस्या सम्बोधन गर्न संघस“ग हातेमालो गर्न मन्त्रालय तयार रहेको पनि उहाँको भनाई छ ।

भूकम्प गएको पनि लामो समय भैसक्यो, तर यसको नकारात्मक प्रभाव भने आज पनि ज्युँका त्यूँ छ । भूकम्पले घर ढल्यो, मानिस अंगभंग भए, तर बढी मर्कामा महिला नै परे । यस्तो विशेष खाले अवस्थाको सम्बोधन पनि विशेष कार्यक्रम मार्फत नै गर्नुपर्ने देखिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: