रामेछापमा महिला किसान सम्मानित


प्रकाशित मिति :2017-01-08 15:08:28

अप्रिल अधिकारी

स्थानीय विकास अधिकारी दिनेशराज पन्तबाट राष्ट्रपति उत्कृष्ट कृषकको पुरस्कार लिँदै इन्द्र कुमारी तमाङ ।

रामेछाप । रामेछाप नगरपालिकाकी इन्द्र कुमारी तामाङ राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएकी छन् । जिल्ला कृषि विकास कार्यालय रामेछापले जिल्लामा कृषिलाई व्यवसायिकतामा ढालेर काम गर्दै आएको भन्दै तामाङ सहित ५ किसानलाई पुरस्कृत गरेको छ । सम्मानित सबैले १० हजार रुपैयाँसहित सम्मानपत्र पाएका छन् ।

कार्यालयले गत वर्ष र यो वर्ष छनोटमा परेका कुल ६ जना किसानलाई सम्मान गरेको हो । तामाङसँगै अघिल्लो वर्ष छनोटमा परेका किबी खेतीका राङ्गदान तमाङ, फलफुल खेतीतर्फ बोधराज अधिकारी, तरकारी खेतीतर्फ युवराज श्रेष्ठ र यो वर्ष छनोटमा परेका सुन्तला र अम्रिसो खेतीका तुला बहादुर तमाङ र जडीबुटी खेतीका जय प्रकाश प्रधान सम्मानित भएका छन् । पुरुषसँगै बसेर पुरस्कार थाप्न पाउँदा ठूलो खुशी मिलेको इन्द्र कुमारीले बताउनु भयो ।

इन्द्रकुमारीले करिब ३० लाख रुपैयाँको लगानीमा सुन्तला खेती, बाख्रापालन र बंगुरपालन गर्दै आउनु भएको छ । जुनार र सुन्तलाको खेतीसँगै मलको लागि पालेको बाख्राबाट समेत आम्दानी हुन थालेपछि काम गर्न हौसला मिलेको उहाँ बताउनुहुन्छ । ‘शुरुमा त लगानी ठूलो हुँदा डुब्ला कि भन्ने डरले रातमा निन्द्रा लाग्दैन थियो, अहिले आम्दानी हुन थाल्दा खुशी लागेको छ,’ उहाँ भन्नुहुन्छ ।

आम्दानी बढ्न थालेपछि उहाँले दुई जनालाई रोजगार पनि दिनुभएको छ । छोराछोरी सबै पढेलेखेका भएको र उनीहरूले खेतीपातीको काममा मन नलगाएकाले आफ्नै प्रयासमा कृषिलाई निरन्तरता दिइरहेको उहाँ बताउनुहुन्छ । यो वर्षमात्र जुनारबाट एक लाख र बाख्राबाट १ लाख ५० हजार रुपैयाँ आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय जिल्लामा कृषि क्षेत्रमा व्यवसायिक रुपमा काम गर्न चाहने महिलाको संख्या बढ्दै गएको जिल्ला कृषि विकास कार्यालय रामेछापका प्रमुख राजेन्द्र मल्लले जानकारी दिनुभयो । त्यसमाथि, महिला लक्षित कार्यक्रम आउँदा झन् आकर्षण बढेको उहाँले बताउनु भयो । उहाँका अनुसार, खासगरि पुरुष वैदेशिक रोजगारमा गएपछि तिनका श्रीमतीले कृषिबाट आम्दानी लिन थालेका छन् ।

हालसम्म जिल्लाका ९ जना कृषकले यस्तो सम्मान पाइसकेको कार्यालय प्रमुख मल्लले जानकारी दिनुभयो । सोही अवसरमा कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु भएको जानकारी समेत गराएको छ । यसका लागि यो वर्ष १ करोड ९४ लाख ३२ हजार बजोट प्राप्त भएको र सोे बजेट मकै बीउ र जुनारका क्षेत्रका खर्च हुने बताइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: