एकचालिस प्रतिशत महिला निरक्षर


प्रकाशित मिति :2017-01-08 15:52:56

शिवराज खत्री

जिल्ला प्रशासन कार्यालयको रजिष्टरमा औंठा छाप लगाउदै देबिस्थानकी एक निरक्षर महिला
फाईल तस्विर : शिवराज खत्री

अछाम। अछामलाई पूर्ण साक्षर जिल्ला बनाउने तयारीमा जुटेको जिल्ला शिक्षा कार्यालयले गरेको घरधुरी सर्वेक्षणबाट २९ प्रतिशत नागरिक निरक्षर रहेको पाइएको छ। जस मध्ये महिला ४१.८५ प्रतिशत अर्थात ३२ हजार पाँच सय २२ निरक्षर छन्। यो तथ्यांक १५ देखि ६० वर्ष उमेरसम्मका महिलाको हो।

प्रत्येक नागरिकको घरमै पुगेर गरिएको सर्वेक्षणबाट १५ देखि ६० वर्ष उमेर समूहका ४६ हजार चार सय ४१ निरक्षर रहेको भेटिएका छन्। जस मध्ये पुरुष १७.९ प्रतिशत अर्थात १३ हजार नौ सय नौ निरक्षर छन्। उक्त उमेर समूहका महिला ७७ हजार एक सय १८ र पुरुष ८१ हजार चार सय नौ गरी कुल एक लाख ६९ हजार एक सय २७ जनसंख्यामा एक लाख १२ हजार चार सय ९६ साक्षर छन्। पुरुषको भन्दा महिलाको साक्षरता प्रतिशत २४ ले कम छ। पुरुष ८२ प्रतिशत साक्षर रहेकोमा महिला ५८ प्रतिशत मात्र साक्षर छन्।

१५ वर्ष भन्दा कम उमेरका निरक्षरको तथ्यांक संकलन गरिए पनि विश्लेषण गर्न बाँकी रहेको विद्यालय निरीक्षक हरीदत्त जोशीले जानकारी दिनुभयो। जिल्ल्ाा शिक्षा कार्यालयले राज्यको एक रुपैँया लगानीबिना प्रत्येक व्यक्तिको घर घरमा पुगेर निरक्षरको तथ्यांक संकलन गरेको जनाएको छ।

सामान्य अक्षर चिन्न, लेख्न, हिसाव किताव गर्न, व्यवहारिक ज्ञान जान्नेलाई साक्षरको सूचिमा राखिएको छ। जिशिकाले आफ्नै कार्यालयको कर्मचारी, शिक्षक, विद्यार्थीलाई परिचालन गरेर निरक्षरको तथ्यांक संकलन गरेको विद्यालय निरीक्षक चक्र कुँवरले जानकारी दिनुभयो। सोही तथ्यांकलाई आधार मानेर अनौपचारिक शिक्षा समितिले चालु आर्थिक वर्षका लागि अछामलाई प्राप्त साक्षरता कक्षा वितरण गरेको छ।

यसै आर्थिक वर्षभित्र साँफेबगर नगरपालिका पुरै तथा मंगलसेन नगरपालिकाका बिभिन्न छ वटा वडा र अन्य पाँच वटा गाविसलाई पूर्ण साक्षर घोषणा गर्ने उद्देश्यले साक्षरता कक्षा वितरण गरिएको जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टले जानकारी दिनुभयो। छोरीलाई अर्काको घरमा जाने हो भनेर नपढाउने परम्परागत गलत मान्यताका कारणले महिलाको साक्षरता दर कम रहेको बिष्टले बताउनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: