तीन महिला सम्मानित


प्रकाशित मिति :2017-01-08 16:24:02

महिला खबर

 

काठमाडौं । कमला कार्की स्मृति प्रतिष्ठानले विभिन्न क्षेत्रमा आबद्ध तीनजना महिलासहित चार जनालाई नगदसहित सम्मान गरेको छ ।
स्व.कमला कार्कीको पहिलो स्मृति दिवसको अवसर पारेर प्रतिष्ठानले शिक्षाको विकास र सांस्कृतिक परिस्थापनामा उच्च योगदान दिएको भन्दै डा.अम्बुभवानी कार्कीलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको छ । त्यसैगरी सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मालाई महिलाका बिषयबस्तुमा केन्द्रित टेलिभिजन कार्यक्रम समकाेण र पत्रपत्रिकामा लेखनमार्फत  महिला जागरणसहितको समाजिक रुपान्तरण र विकासमा योगदान पुर्याएको भन्दै नगद १० हजार रुपैयाँसहित सम्मान गरेको छ ।

उक्त कार्यक्रममा २५ वर्षदेखि गायन क्षेत्रमा सक्रिय रहेर नेपाली गीतसगिंतमा योगदान पुर्याएकाेले नगद १० हजारसहित गायिका रेखा शाहलाई सम्मान गरेको छ । यसैगरि खेल क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै खेलाडी शोम बहादुर सुङलाललाई नगद १० हजारसहित सम्मान गरिएको छ।

कार्यक्रममा सम्मानित सबैले आमाबुबालाई पालेको छु नभन्न आग्रह गरेका छन् । डा.अम्बुभवानी कार्कीले छोराछोरीले आमालाई पालेको छु होइन आमाबुबासँग बसेको छु भन्नुपर्ने वताउनुभएको छ । ‘हामीले आमाबुबालाई पालेका छौं होईन आमाबुबासँग बसेका छौं भन्नुहोस ।’

सञ्चारिक समूहकी अध्यक्ष निर्मला शर्माले जिवितै हुँदै आमालाई सम्मान गर्नुपर्ने वताउनुभयो । उहाँले भन्नुभयो ‘आमाहरूलाई जीवन कालमै सम्मान गर्नुपर्दछ ।’  प्रतिष्ठानका अध्यक्ष माेहन कुमार कार्कीले आफ्नी अामा स्व कमला कार्कीको स्मृतिमा याे सम्मान कार्यक्रम राखेको जानकारी दिनुभयाे । कार्यक्रममा सा‌ंसद  उमेश श्रेष्ठले उहाँहरूलाई  सम्मान गर्नुभएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: