रोग पाल्दै महिला : शल्यक्रिया गरे काम कसले गरिदिन्छ ?


प्रकाशित मिति :2017-01-09 12:00:53

सर्मिला बुढाथोकी

ऋतुमाया खड्का र उनका श्रीमान

दोलखा । घरायसी काम भन्दा भन्दै दोलखा डाँडाखर्ककी ५४ वर्षीया ऋतुमाया खड्काले पाठेघरको रोग पालेर बसेको १५ वर्ष बितिसकेछ । समस्या भएको थाहा पाएदेखि बेलाबेलामा जिल्लाको बिभिन्न ठाउँमा हुने स्त्रीरोग सम्बन्धि स्वास्थ्य शिविरमा जचाउँन नपुगेकी पनि होइनन् ऋतुमाया ।

‘शिविरमा जाँदा स्वास्थकर्मीले तेस्रो डिग्री पाठेघर खसेको छ, शल्यक्रियागर्नुपर्छ भनेका थिए’ ऋतुमायाले भनिन– शिविरमा शल्यक्रियानहुने भएपछि तत्कालका लागि रिङ्ग पेसरी राखिदिएका थिए ।’

घरको काम गर्ने मान्छे नभएको र आर्थिक समस्याकै कारण १५ वर्ष देखि रिङ्ग पेसरी कै भरमा बसेकी ऋतुमाया समस्या जटिल बन्दै गएपछि सदरमुकाम चरिकोट स्थित प्रस्तावित चरिकोट अस्पतालसम्म श्रीमानको साथ लागेर आईपुगिन् । ऋतुमायाको श्रीमान् कृष्ण खड्का आङ् खस्ने रोगको निःशुल्क शल्यक्रिया हुन्छ भन्ने सुनेको भए पनि शिविरको बेलामा आफूले मेसो नपाएकाले समयमै शल्यक्रिया गराउन नपाएको बताउँछन् ।

शोभा थामी र उनका श्रीमान

ऋतुमायाका श्रीमान कृष्ण भन्छन्– ‘ऋण नै गरेर भएपनि काठमाडौंं जान तयारी गर्दै थिए चरिकोट अस्पतालमा निःशुल्क शल्यक्रिया हुन्छ भन्ने सुनेकाले यता आएको हुँ ।’ अहिले श्रीमतीको शल्यक्रिया राम्रो भएकोले खुशी लागेको कृष्णले बताए ।

दोलखा बाबरेकी ४६ वर्षीया शोभा थामी पनि अस्पतालमा आराम गर्दै छिन् । योनीबाट ६ महिनादेखि लगातार रगत बग्ने समस्या भएपनि विस्तारै निको हुन्छ भन्ने आशमा बसेकी शोभा पनि आर्थिक अवस्था र घरायसी कामका कारण उपचारका लागि अस्पताल समयमै आउन नसकेको बताउँछिन् । निरन्तर रगत बगेर थला परेपछि भाडाको जोहो गरेर श्रीमतीलाई सदरमुकामको अस्पतालमा उपचारका लागि ल्याएको सोमे थामीले बताए ।

‘अलि अलि रगत बग्ने भनेर सामान्य लिएको थिएँ, थलै परेपछि जाँच्न आएको, तर पेटै चिरेर पाठेघरको शल्यक्रियागर्नु पर्‍यो’ शोभाले भनिन् ।

आङखस्ने समस्या भएका अन्य महिला ।

पाठेघर खस्ने समस्या भएका अधिकांस महिला सकेसम्म रोग लुकाउने र शल्यक्रिया गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि शल्यक्रियापछि लामो समय आरम गर्नु पर्दा घरको काम गर्ने मान्छे हुँदैनन् भनेर कामको बोझका कारण शल्यक्रिया नगर्ने गरेको स्वास्थ्यकर्मीको भनाई छ ।

सरल स्वास्थ्यमा पहुँच नपुगेका दोलखाका धेरै महिला चरम गरिवी, जनचेतनाको अभावमा पाठेघर खस्ने समस्याले ग्रसित छन् । केही समय यता दोलखाको विभिन्न गाविसमा गरिएको आङखस्नेहरूको स्क्रिनिङ शिविरमा ४ सय ८६ जनाले स्वास्थ्य परिक्षण गरेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

आर्थिक वर्ष ०७२/०७३ को तथ्याङ्क अनुसार विभिन्न गाविसमा गरिएको पाठेघर जाँच शिविरमा ४ सय ८६ जनाको स्वास्थ्य परिक्षण गरिएकोमा फोर्थ डिग्री पाठेघर खसेका ११ जना महिलाको शल्यक्रिया गर्नुपर्ने र पहिलो, दोस्रो तथा तेस्रो डिग्री पाठेघर खसेका १५ जना विरामीको आवश्यकता र ईच्छा अनुसार रिङ्ग पेसरी राखिएको पब्लिक हेल्थ नर्स सिर्जना लिंथेपले जाानकारी दिईन । शिविरमा दिसा नली खसेको ४ जना, पिसाब थैली खसेको ७ जना, पाठेघरको मुखको संक्रमण भएको ३२ जना विरामी भेटिएको लिंथेपले जानकारी दिईन् ।
चरिकोट अस्पतालमा निःशुल्क शल्यक्रिया सुरु गरेदेखि १६ जना महिलाको शल्यक्रिया गरिएको अस्पतालका मेडिकल डाईरेक्टर डा विनोद दंगालले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: