जोखिम मोलेरै खर काट्छन् मध्यवर्ती क्षेत्रका महिला


प्रकाशित मिति :2017-01-09 12:33:08

निर्मला ठकुराठी

कन्चनपुर । महिलाले आफ्नो ज्यानै जोखिममा पारेर वर्षैपिच्छे शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रमा खर काट्ने गर्छन । वन्यजन्तुको वासस्थान रहेको शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रमा वर्षको तीन दिन मध्यवर्ती क्षेत्रका बासिन्दाले खर काट्न पाउँछन् । यो समयमा महिला बिहानदेखि बेलुकीसम्म खर काट्नमै व्यस्त रहन्छन् । खर काट्दै गर्दा वर्षेनि जङ्गली जनावरले आक्रमण गर्ने गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताउनुभयो । यो वर्ष पनि खर काट्ने क्रममै दुईजना महिलालाई आक्रमण गरेको उहाँले जानकारी दिनुभयो ।

यो वर्ष शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रमा यहि पुस १४ गतेदेखी २२ गते सम्म खर काट्ने काम सकिएको छ । स्थानिय मध्यवर्ती क्षेत्रका उपभोक्ताले १४ गतेदेखि २२ गतेसम्म करिव १५ हजारले खर काटेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताउनुभयो ।

पछिल्लो समय पक्की घर बनाउनेको संख्या बढदै गैरहेकाले गोठ तथा शौचालय छाउन र कुखुरा, बाख्राका लागि खोर बनाउन स्थानियले खरको प्रयोग गर्ने गर्दछन् । आरक्ष पीडित, मुक्त कमैया तथा आर्थिक अवस्था कमजोर भएका र घरेलु जनावर पाल्नेले भने घर गोठ छाउन खरकै भर पर्नुपर्ने अवस्था छ ।

खर काट्न अधिकासं महिला नै खटिने गर्दछन । समुदायका मानिसलाई सामुदायिक बनमा आत्मनिर्भर बनाउन सके बिस्तारै खर काट्ने कार्य पुर्ण रुपमा बन्द गर्ने उहाँको भनाई थियो । अहिले स्थानियसँंगको सम्बन्ध राम्रो रहेपनि यो उपभोक्ताका लागि खतरायुक्त रहेको भन्दै पछि यसलाई कागज उत्पादन जस्ता कार्यमा लगाउन सके आरक्षले राम्रो लाभ लिन सक्ने र खतरा मुक्त पनि हुने उहाँको भनाई थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: