घर वनाउने जग्गा छैन, अनुदान रकम के गर्ने ?


प्रकाशित मिति :2017-01-09 17:02:27

विदुर आचार्य

सडकसँगै रहेको आफ्नो जग्गामा पहिरो देखाउँदै गातीकी कीलामु लामा

सिन्धुपाल्चोक । भूकम्पले घरका साथै पहिरोले वस्ती उजाड वनाएपछि जिल्लाका विकट गाउँमा पुननिर्माणको काम अघि वढ्न सकेको छैन । भूकम्पसँगै वाढी र पहिरो पीडितहरूले आवास निर्माण गर्न सुरक्षित जमिन नभएकोमा पुननिर्माण रोकिएको हो । आवास अनुदानको पहिलो किस्ता पाउनेहरू मध्ये महिला लाभग्राहीले आवास निर्माण ठुलो चूनौति भएको वताएका छन् ।

पहिरोका कारण वस्तीमा जोखिम वढेपछि विकट गाउँ गाती–१ की कल्पना बि क वाह्रविसे वजारको खुर्सानीबारीमा आएर अरुको जग्गामा आश्रय लिएर बसिन् । भूकम्पले पुख्र्यौली घर ढाल्यो । जमिन भासिएर वास नै उठाए पछि उनको परिवार सुरक्षित स्थान खोज्दै खुर्सानीवारीमा आएर वस्न वाध्य बनेको हो । आवास अनुदान पाएपनि घर बनाउने उपयुक्त जग्गा नहुँदा के गर्ने अहिलेसम्म उनको परिवार अन्यौलमा छ । ‘आवास अनुदान त पाईयो, घर वनाउने जग्गा छैन’ कल्पनाले दुखेसो पोखिन्, ‘जग्गा नहुँदा घर वनाउने काम थालेका छैनौं ।’ उनको परिवार जग्गा नहुँदा घर बनाउने चिन्ताले पिरोलिएको छ । भूकम्प लगत्तै आएको पहिरोले खेदेपछि उनीहरूको वासको ठेगान छैन । साहुको खेत कमाएर बि कको परिवारले जिविका चलाएको छ । ‘साहुले यहाँवाट धपाए कहाँँ जाने हो ?’ गातीकी सुमित्रा बि कले भनिन् ‘भूकम्पले घर लुट्यो , पहिरोले वास खोस्यो ।’ उनको परिवार कल्पनाको जस्तै साहुकै खेतको मजदुरीमा पालिएको छ । सीमा क्षेत्रको विकट ग्रामिण भेग गाती–१ मा पहिरोले विस्थापित वनाएपछि वाह्रविसेको खोर्सानीवारीमा आएर वसेका २३ दलित परिवारको विचल्ली छ ।

सीमा क्षेत्रमा वाढीले निम्त्याएको पहिरोदेखि तातोपानीको दुगुनागढी, लिपिङ वजार, गाती, लिस्तिकोट, फुल्पिङकट्टी, मांखाको जुरे, टेकानपुरको फाँटलगायतका धेरै भेगमा पहिरोले विस्थापित वनाएकाहरूको अहिलेसम्म सुरक्षित जग्गा नहुँदा घर वनाउने काम रोकिएको छ ।
सदरमुकामसँग जोडिएका विकट गाउँ सेलाङ, सिम्पालकाभ्रे, स्याउले, गोल्चे, गुम्वा, वतासेका विस्थापितहरूको मर्का उस्तै छ । भूकम्पले घरका साथै पहिरोले वस्ती उजाड वनाएपछि वाँसखर्कमा अरुको जग्गामा वस्तीनै वसाली सकेका छन् । विस्थापित सिविरमा वसिरहेका पीडितहरूले सरकारले सुरक्षित जग्गा देला भन्ने आशमा अनुदानको रकम खर्चेका छैनन् । ‘सरकारले घर वनाउने जग्गा देखाएपछि घर वनाउने हो’ विस्थापित शिविरकी छेमाया तामाङ भन्छिन्, ‘जग हालेपछि दोस्रो किस्ता पाउने भनेको छ, तर जग हाल्ने ठाँउ नै छैन ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: