नौ गाविसमा सुरक्षित गर्भपतन सेवाको तयारी


प्रकाशित मिति :2017-01-10 11:56:41

सर्मिला बुढाथोकी

सेवा सुरु हुन लागेको दोलखाको स्वास्थ्य केन्द्र (भूकम्पपछि त्रिपालमा सञ्चालित)

दोलखा । असुरक्षित गर्भपतनका कारण कतिपय ग्रामीण महिलाको ज्यान जोखिममा रहेको समाचार सार्वजनिक भै रहेको अवस्थामा दोलाख जिल्लाको दुर्गम भेगका ९ गाविसमा रहेको स्वास्थ्य केन्द्रमा औषधी र औजारद्वारा गरीने सुरक्षीत गर्भपतन सेवाको तयारी थालिएको छ ।

दोलखा जिल्लाको आलम्पु, सुनखानी, बोच, नाम्दु, क्षेत्रपा, भिरकोट, श्यामा, बाबरे र दोलखामा रहेको स्वास्थ्य केन्द्रमा औषधी र औजारद्वारा निःशुल्क गर्भपतन सेवा दिने तयारी भै रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाको प्रमुख राजेन्द्र प्रताप शाहले बताए ।

ती स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतको लागि आवश्यक पर्ने औषधी र औजार उपलब्ध भएपछि स्वास्थ्य केन्द्रमा कार्यरत तालिमप्राप्त स्वास्थ्यकर्मीहरूले १२ हप्तासम्मको गर्भपतन सेवा निःशुल्क रुपमा प्रदान गर्ने जिल्ला स्वास्थ्य कार्यालय दोलखाकी पब्लिक हेल्थ नर्स श्रृजना लिङ्थेपले बताईन् ।

जिल्लाको ९ गाविसका स्वास्थ्य केन्द्रमा औषधी र औजारको सहयोगमा निःशुल्क रुपमा सुरक्षित गर्भपतन सेवा सुरु हुने भएपछि जिल्ला स्वास्थ्य कार्यालय दोलखाले सरोकारवालाहरूको सहभागितामा सुरक्षित गर्भपतन सेवा सम्बन्धि अभिमुखिकरण कार्यक्रमको समेत आयोजना गरेको छ ।

अभिमुखीकरण कार्यक्रममा परिवार स्वास्थ्य महाशाखाकी सामुदायिक नर्सिङ अधिकृत केसु काफ्लेले सुरक्षित गर्भपतन सम्बन्धि नीतिगत व्यवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: