जग्गाको संयुक्त लालपुर्जा बनाउने क्रम बढ्दै


प्रकाशित मिति :2017-01-10 14:34:04

लिलाराज भट्टराइ


सुनसरी । सुनसरी चाँदवेलाका तुलसी चौधरीले आफनो सम्पतिमा श्रीमती भुटिया थारुलाई पनि उत्तिकै हक दिएका छन् । संयुक्त लालपूर्जा वनाएर उनले सम्पतिमा श्रीमतीको पनि हक कानुनी रुपमै स्थापित गराएका हुन् । इटहरीमा एक कार्यक्रम गरेर श्रीमतीसहित आफू पनि सम्मानित भएपछि चौधरीलाई आफूले गर्व गर्न लायक काम गरेको महशुस भयो । तुलसीले मात्र होइन सुनसरी चाँदवेलाका १७ दम्पतिले दवैैको नाममा लालपूर्जा बनाएर उदाहरणीय काम गरेको भन्दै प्रमाणपत्रका साथ दोसल्ला ओढाएर सम्मान गरियो । उनीहरू सवैको नाममा संयुक्त लालपूर्जा छ । पूर्व क्षेत्रमा श्रीमान श्रीमती दुवैको नाममा संयुक्त पूर्जा वनाउने अभियान चलाइरहेको अभियान नेपालले चाँदवेलालगायत सुनसरी र मोरङका ३६ जोडीलाई सम्मान गरेको हो ।

आधा पुरुष आधा महिला जमिनमा बराबरी हक भन्ने अभियानका क्रममा श्रीमान र श्रीमती दुवैको नामबाट जग्गा धनीपूर्जा वनाएका जोडीलाई सम्मान गरेर समाजमा रहेका अन्य व्यक्तिहरुलाई पनि संयुक्त पूर्जा वनाउन प्रोत्साहित गरिएको अभियान नेपालका सैलेन्द्र राईले वताए ।

५१ प्रतिशत महिलाको जनसङ्ख्या रहेपनि अहिलेसम्म १९ दशमलव ७१ प्रतिशतलेमात्र सम्पतिमा समान हक पाएको तथ्यांक छ । सम्पतिमा पुरुष जत्तिकै महिलाको हक भएमात्र महिला सशक्त वन्ने अभियान नेपालका संस्थापक अध्यक्ष केशव दाहालको भनाई छ ।
सुनसरी मोरङ झापा धनकुटा र सङ्खुवासभा जिल्लाका ६ सय ५० जोडीले अहिलेसम्ममा श्रीमान श्रीमती दुवैको नाममा संयुक्त पूर्जा वनाइसकेका छन् । श्रीमानको नाममा भएको जग्गा श्रीमतीको नाममा पनि सँयुक्त पूर्जा वनाउँदा सय रुपैयाँ मात्र दस्तुर लाग्छ । त्यसैले पनि संयुक्त पूर्जा वनाउनेको सँख्या वढिरहेको छ ।
सुनसरीमा भएको सम्मान कार्यक्रममा वोल्दै मालपोत कार्यालय सुनसरीका प्रमुख लोकबहादुर भण्डारी, महिला तथा वालवालिका कार्यालय सुनसरीकी सुशिला कार्की नेपाल महिला सङ्घकी सुनसरी सभापति बिजया कट्वाल अभियन्ता चन्द्रकला ओझा श्रीनारायण चौधरीलगायतले यो अभियानलाई व्यापक वनाउनु पर्नेमा जोड दिए । भुमिमा महिलाको स्वामित्व वढाउन सरकारले चार वर्ष अघिदेखि सँयुक्त वा श्रीमतीको नाममामात्रै पूर्जा बनाउनेलाई निश्चित राजश्व छुट दिने व्यवस्था गरेको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: