जलवायु परिवर्तनमा योगदान नगण्य भएपनि असर धेरैः राष्ट्रपति


प्रकाशित मिति :2017-01-10 16:50:24

महिला खबर

फाईल तस्विर

काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले नेपालले जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्न प्राथमिकता दिएको बताउनुभएको छ ।

मंगलवारदेखि सुरु भएको ‘जैविक विविधता, जलवायु परिवर्तन पहिचान र जीविकोपार्जनमा यसको असर’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै राष्ट्रपति भण्डारीले जैविक विविधतामा आएको ह्रासले विश्व नै आक्रान्त बनेको भन्दै हालैका वर्षमा देखिएका जलवायु परिवर्तन र विश्वव्यापी उष्णता जैविक विविधता एवम् जीविकोपार्जनमा गम्भीर चुनौतीका रुपमा खडा भएको बताउनुभयो ।

विश्वव्यापी रुमपा बढ्दो उष्णतामा नेपालजस्ता मुलुकको योगदान नगण्य भएपनि हिउँ पग्लने, हिमताल फुट्नेलगायत जलवायु परिवतर्नका नकारात्मक असरबाट ती मुलुक पीडित रहेको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

नेपाल जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको पक्ष राष्ट्र भएको जानकारी गराउँदै उहाँले भन्नभयो – “नेपाल जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्नका लागि सक्रिय भूमिका खेल्न चाहन्छ ।”

विज्ञान तथा प्रविधि, जनसङ्ख्या तथा वातावरण, कृषि विकास र वन तथा भूसंरक्षण मन्त्रालय तथा त्रिवि वनस्पति शास्त्र केन्द्रीय विभाग, कृषि तथा वन विश्व विद्यालयलगायत संस्थाको आयोजनामा भएको सम्मेलन तीन दिनसम्म चल्नेछ ।

सम्मेलनमा नेपाल, भारत, चीन, पाकिस्तानलगायत २० भन्दा बढी देशका करिब ४ सय वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक, वातावरणविद्लगायतकोे सहभागिता छ । सम्मेलनमा जैविक विविधता जलवायु परिवर्तनको असर, मिचाहा प्रजातिअन्तर्गतका विभिन्न वनमारा वनस्पति तथा वातावरणीय र पर्वतीय समस्याका बारेमा छलफल गरिने छ । सम्मेलनमा अन्तर्राष्ट्रिय तहमा खोज अनुसन्धान गरिएका करिब ३ सय कार्यपत्र प्रस्तुत गरिने आयोजकहरुले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: