दृष्टिविहिन छोरीले बढाइन् परिवारको प्रतिष्ठा


प्रकाशित मिति :2017-01-11 10:22:16

यमुना खनाल

सिराहा। छोराले जति नै कोशिस गरेपनि नपढेका कारण दुःखी बनेका सिराहा पडरियाका दुखी लेखीको परिवारमा दृष्टिविहिन छोरीले पढेलेखेर आमा बाबुको सपना पुरा गरेपछि अहिले दुखी लेखी परिवारमा खुशीमात्र आएको छैन आमा बाबुको पहिचान नै फेरिएको छ ।

आफूले पढ्न नपाएपनि छोराछोरीलाई पढाएर अधुरो सपना पुरा गर्ने धोको रहेपनि छोराहरूले नपढेपछि दुखी लेखी जानजस्तै दुःखी बनेका थिए । ति कोसिस गरेपनि उनका चारै जना छोराले पढेनन् । छोरी दृष्टिविहिन ।

शिक्षाको महत्व बुझेका लेखीलाई आपूmले पढ्न नपाएपछि छोराछोरी पढुन् लेखुन् र समाजमा उनीहरूको योगदान होस भन्ने ईच्छा थियो । औपचारिक शिक्षा अध्ययन गर्न नपाएका दुखीमा जस्तो समझदारी र विषयवस्तुको ज्ञान निकै पढेकाहरूमा पनि पाउन सकिँदैन ।

तर आफू र आफ्ना सन्तानले नपढेपछि साह्रै लाजमर्दो लागेको र ग्लानीले आफू भित्रभित्रै गलेको लेखीले सुनाए । सिरहाकै शिक्षित र सचेत गाउँको रुपमा चिनिने पडरिया गाउँमा नयाँ पुराना पुस्ताका सबै सरकारी सेवामा भएकाले पनि दुखी लेखीलाई आफ्नो परिवारै अनपढ हुँदा समाजिक काममा जानै अप्ठ्यारो लाग्ने गरेकोे बताए । उनले आफ्नो विगत सुनाउँदै भने ‘गाउँमा अगुवा बसेको ठाउँमा मन लाग्दैनथ्यो, आफ्नो विचार राख्न हिच्किचाहट हुन्थ्यो, छोराछोरी त पढाउन सकिनस् भन्छन् भनेर ।’

तर अहिले लेखीका ती अध्यारा दिन गएका छन् । किनकी छोरी अनिता लेखीले परिवारमा खुशी ल्याएका छन् । बाहिरी संसार हेर्ने आँखा नभए पनि मनको आँखाले संसार उज्यालो पार्ने सपना देखिकी छन् । दृष्टिविहिन भएर पनि उनले स्नातक तह पास गरेपछि लेखीको परिवारमा खुशी छाएको हो ।

दुखी लेखी भन्छन् ‘ गाउँमा अहिले अनिताको बुबा भनेर आफ्नो परिचय नै फेरिएको छ, अनितालाई गाउँमा नै भेट्न देश विदेशबाट मानिसहरू आउँछन् । उनका सरहरू घरमै भेट्न आउँछन् ।’

दुखी लेखी अनिताले गर्दा आफ्नो परिवारको समाजमा प्रतिष्ठा बढेको गर्वकासाथ भन्छन् । अहिले अनिताका बुबा मनको घाउँ पुरिएको छ । आफ्नो सपना छोरीले पुरा गरी दिएकोमा लेखी परिवार अनिताप्रति आभारी छ । दुईवर्ष अघि अनिताको सम्मानमा गाउँलेले कार्यक्रमको आयोजना गरे । जसमा विभिन्न संघसंस्थाले उनको सम्मानसँगै पढाईका लागि आर्थिक सहयोग पनि गरे । छोरीले पढेलेखेपछि गिरेको मनोबल र स्वाभिमान उठेको छ अहिले । लेखी परिवारको मात्र होईन पडरिया गाउँकै आदर्श र गहना बनेकी छन् अनिता ।

स्थानीय बुद्धीजिबी राजेन्द्र चौधरी दुखी लेखीले छोरीलाई साह्रै दुःखले पढाएको बताउँछन् । सानैमा आमा गुमाएका लेखीले अर्काको जग्गा जमिनमा काम गरेर कमाएको दुईचार पैसाले छोराछोरी पढाएको चौधरीले बताए । उनले छोरीलाई मात्र पढाएका छैनन् । बनी गरेर कमाएको पैसाले उनले भान्जा भान्जी पनि पढाएका छन् । ‘छोराले त जे गरेर खान्छन् तर छोरीका लागि शिक्षाको महत्व र आवश्यकता बढी छ’ उनी भन्छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: