मङ्गला-साहना पुर्नस्थापना केन्द्रमा १२ महिला


प्रकाशित मिति :2017-01-11 13:06:58

महिला खबर

प्रजातान्त्रिक र महिला अधिकारका योद्धा मंगलादेवी सिंह

काठमाडौं । दीर्घकालीन सहयोग र संरक्षणको आवश्यक परेका हिंसापीडित महिलालाई राख्न स्थापना गरिएको मङ्गला-साहना पुर्नस्थापना केन्द्रमा १२ महिलाले आश्रय पाएका छन् ।

उपचार, स्याहार गर्नुपर्ने, मुद्दा लड्न नसक्ने, शारिरीक र मानसिक रुपमा असक्षम महिला केन्द्रमा आइरहेका छन् । केन्द्रमा अहिले बाग्लुङ, कञ्चनपुर, सुर्खेत, सिन्धुपाल्चोक, नेपालगञ्जलगायतका जिल्लाबाट पीडित महिला आइरहेको केन्द्र प्रमुख कल्पना काफ्लेले जानकारी दिनुभयो ।

नेपाल बाल संगठन बालमन्दिरको सिफलस्थित भवनमा सञ्चालित केन्द्र ०७२ असारदेखि सञ्चालनमा ल्याउन खोजिएपनि एकजना पनि महिला सिफारिसमा नपरेपछि तालाबन्दीको स्थितिमा समेत पुगेको थियो । राष्ट्रियस्तरको सो पुर्नस्थापना केन्द्रलाई सरकारीनीजि साझेदारीको अवधारणा अनुसार सरकारी सहयोगमा एबीसी नेपाल नामक गैरसरकारी संस्थाले सञ्चालनमा ल्याएको हो ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका लैंगिक हिंसा निवारण शाखाका महिला विकाश निरिक्षक मन्जु पौडेल मन्त्रालयले हालसम्म १७ वटा जिल्लामा सेवा केन्द्र स्थापना गरिसकेको र यो वर्ष थप २५ वटा जिल्लामा सेवा केन्द्र विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार रुपन्देही, सिन्धुपाल्चोक, चितवन, बाँके, पर्सा, कैलाली र झापा गरी अन्य सात पुर्नस्थापना केन्द्र सरकारीस्तरबाट सञ्चालनमा छन् ।

उहाँका अनुसार लैंगिक हिंसामा परेका, मुद्दा मामिलामा परेका महिलालाई जिल्लास्थित महिला विकास कार्यालयले सेवा केन्द्रमा सिफारिस गर्छ । सेवा केन्द्रले बढिमा ४५ दिनसम्म पीडित महिलालाई आरक्षण दिन्छ । त्यस अवधिमा उसले व्यवस्थापन गर्न सकेन भने केन्द्रतिर पठाउँछ । त्यहाँबाट दीर्घकालीन रुपमा राख्नुपर्ने पीडितलाई मात्रै सिफारिस गरिन्छ । ‘यहाँ आएपछि आवश्यकता हेरेर हामीले तालिम र सीप विकासका लागि काम गर्छौं, उनीहरू रोजगार होउन्जेल वा आत्मनिर्भर नहुन्जेल हामी सहयोग गर्छौं,’ उहाँ भन्नुहुन्छ ।

सरकारले आर्थिक वर्ष २०७१/ ७२ को बजेटमा हिंसापीडित महिला तथा किशोरीलाई सुरक्षित र पुर्नस्थापित गर्न राष्ट्रियस्तरको मङ्गला—साहाना पुर्नस्थापना केन्द्र स्थापना गर्ने कार्यक्रम ल्याएको थियो । यो कार्यक्रम अर्न्र्तगत नै मंगला—साहना पुर्नस्थापना केन्द्रसहित आठ वटा पुर्नस्थापना केन्द्र स्थापित भएका हुन् ।

केन्द्रलाई २ सय क्षमताको बनाउने सरकारी योजना रहेपनि हाल यहाँ १५ जनाले मात्र सेवा लिन सक्ने केन्द्र प्रमुख काफ्ले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिले पाँचवटा कोठा पाएका छौं, दुईचार जना थप्न सक्छौं, तर त्यो भन्दा बढी सक्दैनौं, त्यसैले अब बिस्तारै क्षमता बढाउने कोसिसमा छौं ।’

माग बढी रहेको, तर केन्द्रमा भौतिक संरचना नभएकाले थप गर्न नसकिएको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘७५ जिल्लाबाट एकजना महिला आउँदा पनि ७५ जना पुग्छन् तर, हाम्रो क्षमता सिमित छ, हामी बसेको बाल मन्दिरको भवन भत्किएकाले पनि क्षमता विस्तारमा समस्या भइरहेको छ ।’

केन्द्र सञ्चालनका लागि आर्थिक वर्ष ०७१/०७२ मा ५० लाख रुपैयाँ छुट्टयाएको थियो । यो रकममध्ये केही भौतिक पुर्वाधार निर्माणमा खर्च भएको र बाँकी रकम फ्रिज भएको मन्त्रालयले जनाएको छ । कार्यक्रम अवधिभर एक जना महिलाको पनि सिफारिस नपरेपछि बजेट खर्च हुन नसकी फ्रिज भएको थियो । चालु आर्थिक वर्षमा केन्द्रलाई छुट्याइएको बजेट घटेर ३६ लाख रुपैयाँ पुगेको छ ।

केन्द्रमा मनोसामाजिक परार्मश र औषधी, उपचारको सुविधा उपलब्ध छ । त्यहाँ हाल दुई जना महिलालाई उनीहरूको इच्छा अनुसार सिलाईको तालिम दिइएको छ । एक बालक र तीन किशोरीलाई स्कुल भर्ना गरिएको छ । यसैगरि मानसिक समस्या भएका केही महिला औषधी उपचारपछि स्वस्थ हुने क्रममा छन् ।

केन्द्रमा आएका महिलालाई खासगरि आत्मनिर्भर बनाउने काम महत्वपूर्ण भएको केन्द्र प्रमुख काफ्ले बताउनुहुन्छ । खासगरि परिवारले जिम्मा नलिएका, वेवारिसे महिला र यौन हिंसापीडित महिलालाई परिवारमा पुर्नस्थापना गर्न नसकिने भएकोले उनीहरूलाई आत्मनिर्भर बनाउनु आवश्यक भएको केन्द्र प्रमुख काफ्ले बताउनुहुन्छ ।

मङ्गला—साहना पुनर्स्थापना केन्द्र सञ्चालनमा

मङ्गला-साहना पुनर्स्थापना केन्द्र रित्तै

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: