साढे छ लाख महिला मतदाता थपिए


प्रकाशित मिति :2017-01-12 10:14:33

महिला खबर

काठमाडौं। मतदाता नामावलीमा साढे ६ लाख महिला मतदाता थपिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार ०७० भाद्र देखि ०७३ असारसम्म ६ लाख ५६ हजार ४ सय ९ महिला मतदाताको सुचिमा थपिएका छन् । महिलाको संख्या बढेसँगै महिला मतदाता ६८ लाख भन्दा बढि पुगेका छन् ।

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन ०७२/ ०७३ अनुसार ०७० भाद्र देखि ०७३ असार सम्म मतदाताको कुल संख्या १ करोड ३६ लाख ७७ हजार ६ सय ३६ पुगेको छ । यीनमा महिला मतदाताको संख्या ६८ लाख २३ हजार २ सय ३८, पुरुष ६८ लाख ५४ हजार २ सय ४२ र तेस्रो लिङ्गी १ सय ५६ रहेका छन् ।

०७० मंसिर ४ मा भएको संविधानसभाको दोस्रो निर्वाचन अघिसम्म महिला मतदाताको संख्या बढि भएपनि अहिले पुरुषको संख्या बढि देखिन्छ । २०७० भदौसम्म महिला मतदाता ६१ लाख ६६ हजार ८ सय २९ र पुरुष मतदाता ५९ लाख ८० हजार ८ सय ८१ मात्र रहेका थिए । यो हिसाबले झण्डै ९ लाख पुरुष मतदाता थपिएका छन् ।

मतदाता नामावलीमा महिलाको संख्या बढेपनि जनसंख्याको अनुपातमा बढ्न नसकेकोले पुरुष भन्दा महिलाको संख्या कम देखिएको हो । केन्द्रीय तथ्याङ्क विभागका अनुसार सन् २०१५ मा कुल जनसंख्या २ करोड ८० लाख ३७ हजार ९ सय ४ मध्ये महिला १ करोड ४४ लाख ४४ हजार ८ सय ३५ र पुरुष १ करोड ३५ लाख ९३ हजार ६९ को संख्यामा रहेका छन् ।

कुल जनसंख्याको आधाभन्दा बढि संख्या महिलाको भएपनि मतदाता नामावलीमा दर्ता हुने महिलाको संख्या उल्लेख्य रुपमा बढ्न नसकेकोले निर्वाचन आयोगले निर्वाचन शिक्षामा महिलालाई संलग्न गर्ने क्रम तीव्र पारिरहेको निर्वाचन आयोगका निर्वाचन आयुक्त इला शर्मा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘दर्ता कम भएकै हो, त्यहि भएर अहिले निर्वाचन शिक्षाका कार्यक्रममा धेरै महिला ल्याउने काम भइरहेको छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: