स्वयंसेविकाको श्रमलाई उचित मुल्याङक राज्यले गरेन्


प्रकाशित मिति :2017-01-12 11:25:15

पार्वती पाण्डे
कपिलवस्तु । ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष मधुसुदन खतिवडाले स्वास्थ्य स्वयंसेविका महिलाको श्रमलाई राज्यले सम्बोधन गर्नु पर्ने वताउनु भएको छ ।

नेपाल स्वास्थ्य स्वयंसेविका संघको वुद्धवाटिका नगरस्तरिय कपिलवस्तुकोे भेलामा प्रदेश नं ५ का संयोजक समेत रहनु भएका खतिवडाले स्वास्थ्यको क्षेत्रमा स्वयंसेविकाले समाजसेवि रुपले अति महत्वपुर्ण कार्य गरेमा उक्त कार्यको राज्यले उचित सम्बोधन नगरेको वताउनुभयो ।

‘समयको कुनै प्रवाह नगरि रात दिन खट्ने स्वास्थ्य स्वयंसेविका महिलाहरुको श्रमलाई उचित मुल्याङक राज्यले गरेको छैन । ’ खतिवडाले भन्नुभयो ।

कार्यक्रममा संघका केन्द्रीय सदस्य एवं ५ नं प्रदेशका सचिव हरिवहादुर कार्कीले मुलुकभरका स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्यको क्षेत्रमा राम्रो काम गरेको वताउनु भयो । त्यसैगरी संघका केन्द्रीय सदस्य प्रभा पौडेलले गर्भअवस्थामा रहेका महिलाहरुलाई हेर विचार पुर्याउने, वच्चा जन्माउने समयमा जोखिममा पर्न लागेका महिलाहरुलाई समेत स्वयंसेवी महिलाहरुले जिवन वचाउने महत्वपुर्ण कार्य गरेको वताउनु भयो । ‘स्वास्थ्य स्वयंसेवि महिलाहरुलाई सरकारले उचित सेवा दिनुपर्छ ।’

सो भेलामा शुसिला वेल्वासेको अध्यक्षतामा ९ सदस्सीय वुद्धवाटिका नगरस्तरिय नेपाल स्वास्थ्य स्वयंसेविका संघ समेत गठन गरेको छ ।
जसको उपाध्यक्षमा पवित्रा गैरे , सचिव शान्ता पौडेल ,सह–सचिवमा विना थारु र सदस्यहरुमा जयबुन निशा, मिना के.शी, माया खनाल, सिवाली थारु, सावित्रा खनाल र जिफन्ट प्रतिनिधि शारदा शर्मा रहनु भएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: