राजनीतीक अस्थिरताले अधिकारबाट वञ्चित


प्रकाशित मिति :2017-01-12 16:55:18

महिला खबर


काठमाडौं। नेपाल कानुन आयोगका सहसचिव इन्दिरा दाहालले राजनीतिक अस्थिरताको कारण कानुनमा भएका अधिकार स्थापित हुन नसकेको बताउनु भएको छ । मीडिया एड्भोकेसी ग्रुपले आज काठमाडौंमा आयोजना गरेको महिला सम्बन्धित नयाँ कानुन नामक अन्र्तक्रियामा उहाँले अधिकारका कुरामा धेरै अगाडि बढेपनि कर्तव्यका कुरामा पछि परेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको कानुनले नागरिकलाई धेरै अधिकार दिएको छ, तर राजनीतिक अस्थिरताले पाइएको अधिकार उपयोग गर्न पाइएको छैन, पीडितले न्याय पाउन सकेका छैनन् ।’ महिला अधिकारको सन्र्दभमा विश्वले धेरै वर्षमा गरेको प्रगति नेपालले छोटो समयमै भन्दै उहाँले दक्षिण एसियामै महिलाको पक्षमा धेरै कानुन भएको देश नेपाल भएको बताउनुभयो ।

सहसचिव दाहालले खासगरि बनिसकेका र बन्न लागेका कानुनबारे जानकारी नहुनाले पनि कानुनले दिएका अधिकारबारे थाहा नभएको बताउनुभयो । यसबारे तल्लो तहसम्म गएर बुझाउन निजी तथा गैरसरकारी संस्थालाई सहकार्य गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा अधिवक्ता ओम प्रकाश अर्यालले महिला सशक्तिकरण सम्बन्धी कानुनको पुनरावलोकन गर्दै एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नागरिकताको हक, समानताको हक, शोषण विरुद्धको हक, महिलाको समान वंशीय हक, सुरक्षित मातृत्वको हक, प्रजनन् स्वास्थ्यको हक, हिंसा विरुद्धको हक, समानुपातिक सहभागिताको हक, विशेष अवसरको हक र दम्पत्तिको समान हक, सामाजिक न्यायको हक, सामाजिक सुरक्षाको हक, सेना, राजनीतिक दल, राजदुत, संवैधानिक पद र सरकारी सेवामा समावेशीकरण सहित २० वटा विषयमा उहाँले आफ्ना सुझावहरु प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा पत्रकार तथा मीडिया एड्भोकेसी ग्रुपका अध्यक्ष बबिता बस्नेतले कानुनका कुरा सबैले बुझ्नुपर्ने र यसको लागि आफैं अग्रसर हुनुपर्ने बताउनु भयो । यसैगरि युएन वुमनका स्ट्रटेजिक पार्टनरसीप स्पेसियलिष्ट सरु जोशीले कानुनी भाषा बुझ्न कठिन भएको भन्दै त्यसलाई सर्वसाधारणले बुझ्न सक्ने गरी सरल बनाउनुपर्ने बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: