६ स्थान जहाँ महिलाको हुकुम चल्छ


प्रकाशित मिति :2017-01-13 02:03:25

एजेन्सी।

१. मोसोउ


चीनको मोसोउ महिलाको हुकुम चल्ने ६ स्थान मध्ये एउटा  हो। यहाँको एउटा समुदायमा घरको विरासत छोरीले पाउने गर्छन् । अर्थात्, त्यस घरको उत्तराधिकारी घरको महिलामा रहन्छ र जीवन साथी पनि महिलाले आफैं रोज्ने गर्छन् । यहाँ महिलाले ‘वाकिङ मेरिज’ भन्ने चलनका अनुसार जीवनसाथी रोज्ने गर्छन् । यो चलन अनुसार महिला स्वयं केटाको घरमा गएर आफ्नो जीवन साथी रोज्ने गर्छन् । यसरी जीवनसाथी रोज्दा एक महिलाको एकभन्दा बढि विवाह र जीवन साथीहरु हुने गर्छन् ।

यसैगरि, विवाहपछि जन्मिएका छोराछोरी आमासँग बस्ने र उनीहरुको पहिचान आमाको नामबाट हुने गर्छ । तर, पुरुष भने बालवच्चा हुर्काउन सहभागी हुन वा नहुन पनि सक्छन् । उनीहरु संयुक्त परिवारमा पनि बस्ने गर्छन् र त्यहाँ सम्पुर्ण व्यवसायमा महिलाले निर्णय गर्छन् । पुरुषहरुको भूमिका भने राजनीतिमा देखिन्छ, तर घरमा सबैभन्दा माननीय व्यक्ति हजुरआमा नै हुन्छन् । अर्थात, घरको जेठो महिला नै माननीय व्यक्ति रहन्छन् । आश्चर्यको कुरा के छ भने, यहाँ उनीहरुको भाषामा ‘बुबा’ र ‘श्रीमान’ भन्ने शब्द नै भेटिँदैनन् ।

२. मिनाङकवाउ


ईन्डोनेशियामा पनि मिनाङकवाउ वा मिनाङ भन्ने यस्तो स्थान छ, जहाँ  सम्पत्ति, जमिन र पुख्र्यौली विरासत आमाबाट छोरीमा सर्दछ । तर व्यक्तिगत कमाई जस्तो मासिक कमाई भने बुबाबाट छोरामा सर्दछ । घरको वंश आमाको वंशबाट चल्दछ भने घरको प्रमुख महिला नै हुन्छन् । विहेमा केटालाई घरका महिला सदस्यले केटी अर्थात दुलहीको घरमा पठाउने गर्छन् ।

त्यहाँ शक्ति र अधिकारका कुरामा भने महिला र पुरुष दुवैमा बाँडफाँड गरिएको हुन्छ । जस अन्र्तगत घर चलाउने सम्पुर्ण भुमिका महिलामा र राजनीतिक तथा आध्यात्मिक भुमिका पुरुषको लागि छुट्याईएको हुन्छ । यसो गर्दा महिला र पुरुष दुवैले बराबर अधिकार पाएको महशुस गर्छन् । यस जातिमा मुख्य व्यक्ति पुरुष रहन्छन्, तर तिनलाई छान्ने अधिकार महिलाको हुन्छ । यदि, उक्त छानिएको व्यक्ति काम गर्न असमर्थ भएमा उसलाई हटाउने अधिकार पनि महिलालाई नै हुन्छ ।

३. अकान


अकान अफ्रिकाको घाना भन्ने देशको एउटा बहुजातीय समुदाय हो, जहाँ हरेक विषयको केन्द्रमा महिला हुने र परिवारमा वंशको आधार समेत महिला हुन्छन् । पुरुषहरु कूलको मुख्य हुन्छन् तर उनीहरुको शक्तिको आधार महिला नै हुन्छन् । पुरुषले आफ्नो पारिवारिक जिम्मेवारीका साथसाथै घरका महिलाका नातेदारको जिम्मेवारी पनि लिनुपर्ने हुन्छ । महिलाले अन्त्येष्टि गर्ने देखि अन्य धेरै क्रियाकलापमा भाग लिन्छन् र घरायसी लेनदेनमा उनीहरुकै अधिपत्य रहन्छ ।

४. ब्रिब्रि


यो ठाँउ अमेरिकी महाद्धीपको कोष्टा राईस र उत्तर पनामामा पर्दछ । यहाँ वंश आमाको नामबाट हस्तातरण हुन्छ र आमाको सम्पत्ति छोरीमा सर्दछ । यसैगरि, घरको निर्णय लिने व्यक्ति हजुरआमा हुन्छन् । उनलाई परिवारमा ज्ञानको स्रोतका रुपमा लिईन्छ । पुरुषले आफ्नो ज्ञान तथा व्यवसाय आफ्नो छोरालाई हस्तान्तरण गर्न पाउँदैनन् । यस समुदायका महिलालाई ‘कोकाउ’ तयार गर्ने विशेष अधिकार दिइएको हुन्छ, जसका कारण उनीहरुले परिवारमा सबैभन्दा धेरै महत्व पाउँदछन् । कोकाउ उक्त समुदायको एउटा पवित्र संस्कृति हो ।

५. गारो


यो समुह भारत र बंगलादेशको केही क्षेत्रमा छरिएका छन् । यहाँको समुदायमा पनि वंशको हस्तान्तरण आमाबाट छोराछोरीमा हुन्छ । छोराछोरीमध्ये पनि घरको कान्छी छोरीले आमाको सम्पति पाँउछन् । समुदायमा मातृसत्ता भएपनि पुरुषहरुको राजनीतिक अधिकार र कायान्वयन अधिकार रहन्छ ।

६ टौरेग


यो सहारा मरभुमीमा बस्ने घुमन्ते समुदाय हो । यहाँ महिलाको हैसियत पुरुषको भन्दा उच्च रहन्छ । सम्पूर्ण जातिलाई विभिन्न समुहमा विभाजन गरिएको हुन्छ । महिलाले लेखपढ गर्ने अधिकार राख्छन् भने पुरुषले चाँहि वस्तुभाउ हेर्नुपर्ने हुन्छ । जीवजन्तु र अन्य चल सम्पत्तिमा महिलाको अधिकार रहन्छ र व्यक्तिगत सम्पत्ति, हस्तान्तरण गरेका अन्य सम्पतिका लागि भने लैङ्गिक विभेद रहँदैन । टौरेग समुदाय मुस्लिम समुदाय हो, तर उनीहरु मातृसत्ता सहित पहिलेदेखि चलिआएका अन्य चलन र मान्यतामा विश्वास गर्छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: