बीस वर्षमै स्थायी बन्ध्याकरण


प्रकाशित मिति :2017-01-13 12:03:58

इन्द्रसरा खड्का

बैतडी । ‘बिहेबारी बीस वर्र्ष पारी’ भन्ने नारा सहित बैतडीमा बालविवाह विरुद्धको अभियान चलिरहेको छ । तर, बैतडीको गाँजरी गाविस धौलाडीका निर्मला धामीले भने २० वर्षमै परिवार नियोजनको स्थायी बन्ध्याकरण मिनिल्याप गरेकी छिन् ।

निर्मलाको १६ वर्षमा विवाह भएको थियो । विवाह गरेको वर्ष नै उनले पहिलो सन्तान जन्माइन् । अर्को सन्तान उनको काखमा हुर्किरहेको छ । अब उनलाई सन्तानको रहर भने पुरा भएको छ । उनी भन्छिन्, ‘मेरो दुई छोरा छन्, अब सन्तान नजन्माउने ।’

जिल्ला स्वास्थ्य कार्यालय बैतडीले गाँजरी गाविसमा आयोजना गरेको परिवार नियोजन (मिनिल्याप) शिविरमा निर्मला र उनका श्रीमान् सोपान धामी पनि मिनिल्याप गर्न आएका थिए । दुवैको सल्लाहमा मिनिल्याप गर्न आएको सोपान बताउँछन् । सोपान भन्छन् ‘सानै उमेरमा विवाह भैहाल्यो, त्यतिवेला राम्रो नराम्रो छुट्याउने अवस्थामा हामी थिएनौं । दुई छोरा जन्मिए, सन्तानको रहर पनि पूरा भयो ।’

निर्मलाका श्रीमान सोपान कक्षा १० का विद्यार्थी हुन् । निर्मला भने औपचारिक शिक्षाबाट वन्चित छिन् । निर्मलालाई दुई सन्तानको हेरचार र गृहस्थी सम्हाल्दै ठिक्क छ । सोपान ६ कक्षामा पढ्दा उनीहरुकोे विवाह भएको थियो । जेठा छोरा ३ वर्ष पुगिसकेकाले उसलाई शिशु कक्षामा भर्ना गर्न उनीहरु उत्साहित देखिन्छन् ।

निर्मलासँगै शिविरमा गाँउका १८ जना महिलाले पनि परिवार नियोजनको स्थायी बन्ध्याकरण मिनिल्याप गराए । अधिकांश महिला २० देखि ३० वर्ष उमेरका थिए । परिवार नियोजनका साधनको बारेमा जानकारी नहुनाले यस क्षेत्रका धेरै महिला इच्छा नभैकन पनि सन्तान जन्माउन बाध्य छन् ।

महिलाको प्रजनन अधिकार सुनिश्चित गर्न जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा आयोजना गरेको शिविरमा २० वर्ष उमेर नपुगेका तर दुई, तीन सन्तानका आमा बनिसकेका धेरै किशोरी भेटिएको स्त्रीरोग विषेशज्ञ डाक्टर गुणराज अवस्थीले बताए ।

जिल्लालाई ०७५ सम्ममा नमुना स्वास्थ्य जिल्ला घोषणा गर्ने अभियान चलिरहेकोले गाँउमै गएर स्वास्थ्य सेवा दिन सुरु गरिएको अवस्थीले बताए । अहिले जिल्लालाई घरमा हुने सुत्केरी शुन्य (नो मोर होम डेलिभरी) घोषणा अभियान तीव्र रुपमा चलिरहेको छ । यो अभियान अन्र्तगत जिल्लाका कुलाउ, हाट र कुवाकोट लगायतका गाविस पुर्ण संस्थागत सुत्केरी गाविस घोषणा भैसकेका छन् ।

संस्थागत सुत्केरी सेवालाई बढाउन जिल्लामा अहिले सञ्चालनमा रहेका स्वास्थ्य संस्था वाहेक पनि प्रसुती सेवा दिन थालिएको छ । अहिले जिल्लामा १ सय २२ वटा बर्थिङ सेन्टर रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: