उच्च अदालतको न्यायाधीशमा छ महिला  


प्रकाशित मिति :2017-01-14 20:08:37

महिला खबर

काठमाडौं । न्यायपरिषदले सात उच्च अदालतमा ६ महिला सहित ८० जनालाई न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको छ । बिहिबार प्रधान न्यायाधीश सुशीला कार्कीको निवासस्थानमा मध्यरातसम्म बसेको बैठकले न्यायाधीश नियुक्तिको टुंगो लगाएको हो । न्यायाधीशको सिफारिसमा परेका महिलामा ४ जना वकिल र दुई जना पूर्व न्यायाधीश रहेका छन् ।

संवैधानिक व्यवस्था अनुसार परिषदको सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतका न्यायाधीश नियुक्त गर्दछन् । न्यायाधीशको सिफारिसमा पर्ने ४ जना महिला वकिलहरुमा शान्ता सेढाँई, बबिता उप्रेती, शकुन्तला घिमिरे र राज्यलक्ष्मी बज्राचार्य हुनुहुन्छ । न्यायाधीशको सिफारिसमा पर्नेमा अस्थायी न्यायाधीशको रुपमा काम गरिसकेका पूर्व न्यायाधिशद्धय यमुना भट्टराई र शान्तिसिंह थापा हुनुहुन्छ । कर्मचारीतर्फ भने एक जना पनि महिला परेनन् ।

नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य अधिवक्ता विष्णुमाया तामाङले न्यायाधीश नियुक्तिमा महिलाको संख्या अत्यन्त थोरै भएको बताउनुभयो । उहाँका अनुसार नेपाल बार एसोसिएसनबाट छानिएका २५ जना वकिलमध्ये ४ र पहिला न्यायाधीश भइसकेका १० जना पूर्व न्यायाधिशमध्ये २ जना मात्र महिला लिईएको छ । उहाँले भन्नुभयो, ‘कम्तिमा १० देखि १२ जनासम्म महिला हुनुपर्छ भन्ने हाम्रो विश्लेषण थियो, तर न्यायाधीश नियुक्तिमा प्रधानन्यायाधीश आफैंले बोलेको कुरा पुर्याउनु भएन ।’

सरकारी कर्मचारीबाट न्यायाधीश हुन विभिन्न योग्यता आवश्यक हुने र बारबाट पनि थोरै महिलालाई मात्र सिफारिस गरिएकोले योग्य महिला वकिलहरु न्यायाधीशको सिफारिसमा पर्न नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बारबाट न्यायधीश हुन योग्यता पुगेका धेरै महिला वकिल छन्, मोफसलमा पनि छन्, तर पोखराबाट एकजना र काठमाडौंबाट तीन जना मात्र परेका छन् ।’   दलीय भागवन्डा नमिल्दा उच्च अदालत गठन भएको चार महिनासम्म न्यायाधीशको नियुक्ति हुन सकेको थिएन । न्यायाधीशमा कानुन व्यवसायी ल्याउँदा समानुपातिक समावेशी बनाउनुपर्ने र त्यसमा पनि कसलाई छनौट गर्ने भन्ने विषयले पनि नियुक्तिको विषय टुंगोमा पुग्न सकेको थिएन् । यसैबिच, नेपाल बार एसोसिएसनले उच्च अदालतको न्यायाधीश नियुक्तिमा असन्तुष्टि व्यक्त गर्दै सो नियुक्ति पुनरावलोकन हुनुपर्ने माग गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: