गर्भनिरोधक औषधिले मानसिक रोग निम्त्याउँदै


प्रकाशित मिति :2017-01-15 13:10:44

फातिमा बानु

काठमाडौं। बानेश्वरकी रिया (नाम परिवर्तन) ले ५ वर्षदेखि गर्भनिरोधक औषधि सेवन गर्दै आइरहेकी छिन् । औषधि सेवन गर्न थालेको सुरुका सातामा उनको शरीरमा केही परिवर्तन आएन । प्रयोग गर्दा केही नहुने रहेछ भन्ने सोचेर उनले नियमित औषधि सेवन गर्न थालिन् । महिना दिनमै १० भन्दा बढी औषधि सेवन गर्न थालेपछि उनको स्वास्थ्यमा नकारात्मक असर देखिन थालेको उनले बताइन् ।

‘महिनावारी नियमित भएन, वान्ता भइरहयो, माइग्रेनले समात्यो, अरू धेरै असर देखिन थाल्यो,’ उनले भनिन् । त्यसपछि उनी निराश भइन् । उनका प्रेमीले परिवार नियोजनको साधन अपनाउन नमानेपछि आफूले नियमित औषधि खाएर गर्भ रोक्नुपरेको बाध्यता उनले सुनाइन् । औषधि खान थालेको १ वर्षपछि उनको अनुहारभरि चाँयापोतो देखियो । ‘अनुहारमा पोतो देखिन थालेपछि नराम्री भन्दै प्रेमीले मलाई वास्ता गर्न छाडयो, बिहे पनि अर्कैसँग गर्‍यो,’ उनले आँशु खसालिन् ।

अचेल रिया अनुहारको चाँयापोतो हटाउन महँगा अस्पताल धाउन थालेकी छिन् । अत्यधिक औषधि सेवनका कारण अनुहारमा पोतो फैलिएकाले औषधि सेवन बन्द गर्न डाक्टरले सुझाएको उनी बताउँछिन् । प्रेमीले छाडेको, अनुहार, स्वास्थ्य सबै बिग्रिएकाले अहिले आफू डिप्रेसनमा परेको उनले सुनाइन् । ‘कोहीसँग बोल्न मन लाग्दैन, केही गरौं भन्ने आत्मविश्वास पनि छैन,’ उनले भनिन् ।

विगत ३० वर्षदेखि स्त्रीरोगको क्षेत्रमा काम गर्दै आएरहेकी र भर्खरै पाटन अस्पतालको सेवाबाट अवकाश पाएकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ विमला मल्लका अनुसार विशेषज्ञको सल्लाहबिनै गर्भनिरोधक औषधि सेवनले महिलालाई मृत्युको मुखसम्म पुर्‍याउन सक्छ । मुटु, कलेजो र मिर्गौला रोगीले त यस्ता औषधि प्रयोग गर्नै नमिल्ने उनी बताउँछिन् । तर, गर्भ रोक्ने नाममा जथाभावी औषधि सेवनकर्ता धेरै रहेको उनको अनुभव छ । गर्भनिरोधक औषधि सेवनकै कारण माइग्रेन, बाँझोपन, आङ खस्ने, डिप्रेसन, छालारोगजस्ता जटिल समस्या लिएर महिलाहरू आउने उनले बताइन् । ‘दिनहुँ जटिल समस्याकै दुई बिरामी आउँछन्,’ उनले भनिन् ।

रियाजस्तै इमाडोलकी सुहाना (नाम परिवर्तन) ले पनि गर्भनिरोधक औषधि सेवन गर्न थालेको ६ वर्ष भयो । उनी विवाहित हुन् । सन्तान ढिलो जन्माउने सल्लाहमा उनले नियमित गर्भनिरोधक औषधि सेवन गर्न थालिन् । औषधि सेवनपछि एक्कासि मोटोपन बढेको, महिनावारी अनियमित भएको, भइहाले असामान्य किसिमले बढी रगत बग्न थालेको उनले सुनाइन् । ‘धेरै कमजोरी हुन थाल्यो, घरको काम त्यति गर्न नसक्ने भएँ, परिवारले हेला गर्न थाले,’ उनले भनिन् । अत्यधिक औषधि सेवनकै कारण अहिले उनले चाहेर पनि सन्तान जन्माउन सकेकी छैनन् । ‘कतिपटक तुहिएर गयो, गर्भ बस्दै बस्दैन, म त बाँझी भएँ,’ उनले पीडा पोखिन् ।

पतिले परिवार नियोजनको साधन अपनाएर यौनसम्पर्क गर्दा सन्तुष्टि हुँदैन भन्दै उनलाई नियमित औषधि सेवन गर्न कर गर्ने गरेको उनी बताउँछिन् । विशाल फार्मेसी ग्वार्कोबाट नियमित एउटै ग्राहकले गर्भनिरोधक औषधि खरिद गर्ने गरेको फार्मेसी सञ्चालक विशाल केसी बताउँछन् । गर्भनिरोधक औषधि खरिद गर्नेमा अधिकांश युवती हुने गरेको उनले बताए । चूडा फार्मेसी कुपन्डोलबाट पनि कलेज पढ्ने केटीहरू दिनहुँ गर्भनिरोधक औषधि किन्न आउने गरेको सञ्चालक सुदा लामिछानेले बताइन् । अत्यधिक प्रयोगका कारण अनेक समस्या लिएर फेरि फार्मेसीमै आउने गरेको उनले बताइन् ।

डा. मल्लका अनुसार शरीरको सबै परीक्षण गरेर मात्रै गर्भनिरोधक औषधि सेवन गर्नुपर्छ । यस्ता औषधि सेवन गर्नेले नियमित स्वास्थ्य जाँच गराउनुपर्ने उनको सुझाव छ ।

साभार: कान्तिपुर

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: