व्युटि पार्लरबाट आत्मनिर्भर


प्रकाशित मिति :2017-01-15 14:16:25

सुजाता कुंवर

चितवन । व्युटिपार्लर व्यवसायलाई सम्मानित पेशाको रुपमा विकास गर्नुपर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सभापति अञ्जु उपाध्यायले बताउनुभएको छ ।

व्युटिपार्लर युनिटी चितवनले शनिबार आयोजना गरेको एकदिने व्यवसायिक दुलही मेकअप सेमीनारमा बोल्दै उपाध्यायले सरकारले न्युनतम व्याजमा कर्जा दिएर महिलालाई आत्मनिर्भर बन्न सहयोग गरेको बताउनुभयो । उहाँले सरकारले सौन्र्दयकर्मी महिलाको उत्थानका लागि बिना धितो ५० हजार देखि ५ लाख रुपैयाँसम्म कर्जाको व्यवस्था गरेको जानकारी दिनुभयो ।

उहाँले व्युटिपार्लर सञ्चालन गर्न दिइने भनिएको ५ लाख रुपैयाँ कर्जा सहज रुपमा उपलब्ध गराउन महासंघले सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो । उहाँका अनुसार सरकारले आगामी वर्षदेखि ७५ ओटै जिल्लामा कर्जा व्यवस्था गराउने तयारी गरेको छ ।

वरिष्ठ व्युटिसियन तथा नेपाल घरेलु तथा साना उद्योग महासंघकी केन्द्रिय सदस्य चिनु गुरुङले सौन्र्दयकर्मी महिलालाई आत्मनिर्भर बनाउन परिवार, समाज र आफन्तको सहयोग आवश्यक पर्ने जिकिर गर्नुभयो । व्युटिपार्लर व्यवसायपछि महिलाले अरुको भरमा बाँच्नु नपर्ने भन्दै उहाँले आफ्नो वृद्धि विकासका लागि महिला स्वयंले चासो देखाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मुकेश उपाध्याय, महासंघ क्षेत्र नं. ५ को महिला सभापति शान्ता शर्मा लगायतको सहभागिता रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: