महिनावारी हुँदा स्कुल आउँदैनन् छात्रा


प्रकाशित मिति :2017-01-15 17:05:44

महिला खबर


काठमाडौैं । काठमाडौंदेखि नुवाकोटसम्मकोे दुरी २४ किलोमिटर मात्र हो, तर नुवाकोटको समस्या कर्णालीका कुनै जिल्लाको भन्दा कम छैन । ककनीमा रहेको भवानी उच्च माध्यमिक विद्यालयमा महिनावारी हुँदा छात्रा अनुपस्थित हुने गर्छन् । कारण हो, पानीको अभाव ।

२०७२ बैशाखमा गएको भुकम्पमा पानीको मुहान सुकेपछि विद्यालयमा पानीको समस्या भएको हो । विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाग्यश्री लामाले विद्यालयमा पानीको समस्याले छात्रा महिनावारीको बेलामा स्कुल नआउने गरेको वताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘विद्यालयमा खानेपानी समेत छैन, त्यसमाथि  सरसफाई बढी गर्नुपर्ने हुँदा छात्रा महिनावारी भएको बेलामा स्कुल आउँदैनन् ।’

अध्यक्ष लामाले छात्राहरु नियमित स्कुल आउन भनेर विद्यालयमा प्याड समेत उपलब्ध गराउन थालिएको बताउनुहुन्छ । उहाँका अनुसार विद्यालयको धारामा दैनिक पाँच घन्टामात्र पानी आउने गरेकोले विद्यालय समयमा पानीको अभाव हुने गरेको छ । उहाँ भन्नुहुन्छ, ‘विद्यालय समयमा पानी आउँदैन, टेङ्कीमा जम्मा भएको पानीले पुग्दैन ।’

पानीको समस्या भएको थाहा पाएपछि विद्यालयका पूर्वविद्यार्थी आइतराम तामाङले एक लाख रुपैयाँ सहयोग गरेका छन् । उहाँसँगै विद्यालयको भत्किएको भवन हेर्न आउनुभएका व्यवसायी लक्ष्मी मगरातीले एक लाख सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

पत्रकार महिलाले गरे अवलोकन भ्रमण

काठमाडौंका पत्रकार महिलाले शुक्रबार नुवाकोटको ककनीमा रहेका विभिन्न पर्यटकीय क्षेत्रमा अवलोकन भम्रण गरेका छन् । शुभ लक्षण राष्ट्रिय साप्ताहिकले सो क्षेत्रमा पर्यटकीय सम्भावना रहेको भन्दै ४० जना महिला पत्रकारलाई अवलोकन भम्रणको आयोजना गरेको थियो ।
साप्ताहिकका प्रवन्धक तथा सम्पादक श्यामराज पाठकले खासगरि त्यहाँबाट एकैसाथ देखिने १८ वटा हिमश्रृंखलाको दृश्य, सुर्यास्तको समयमा पहेंलो रङ्गमा परिवर्तन हुने हिमालको दृश्य र त्यहाँको तामाङ बस्ती अवलोकन गर्न पर्यटकहरु आउने गरेको बताउनुभयो । उहाँका अनुसार नेपाली पर्यटकहरु ककनीमा उत्पादित स्थानीय मुला, स्ट्रबेरी र ट्राउट माछाको लागि पनि त्यहाँ पुग्ने गरेका छन् ।

भ्रमण अवलोकनको नेतृत्व गर्नुभएका सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले नुवाकोटले धेरै नेता जन्माएपनि त्यस क्षेत्रको विकास नहुनु दुःखको कुरा भएको बताउनुभयो । उहाँले पर्यटकीय सम्भावना रहेको यस क्षेत्रलाई सञ्चारमाध्यमले पनि स्थान दिनुपर्ने बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: