घलेगाउँमा होमस्टेले उकास्यो महिलाको जीवनस्तर


प्रकाशित मिति :2017-01-16 12:09:56

बेलिना थापा

 

लमजुङ । सार्क राष्ट्रकै नमूना पर्यटकीय गाउँको रुपमा परिचित लमजुङको घलेगाउँमा पर्यटक आगमनसँगै तिनलाई घरमै खाने, बस्ने र सुत्ने प्रबन्ध मिलाउने गृहणीहरुको व्यस्तता बढेको छ ।

सो स्थानमा लामो समयदेखी होमस्टे सञ्चालन गर्दै आउनुभएका दुर्गादेवी घले होमस्टे सञ्चालनबाट हुने आम्दानीले जीवन चलाउन निकै सहज भएको बताउनुभयो । ‘पर्यटकहरु आउन थालेपछि आम्दानी बढेको छ, जीवनस्तर उकासिएको छ,’ उहाँले भन्नुभयो ।

घलेगाउँसम्म पुग्न सदरमुकाम बेंसीशहरमा १६ वटा जीप सञ्चालनमा छन् । जीप चढेर बेंसीशहरबाट साढे २ घण्टामा घलेगाउँ पुग्न सकिन्छ ।

विगतमा चिसो मौसममा पर्यटक संख्या घट्ने गरेपनि यो वर्ष भने पर्यटक आगमन संख्यामा कुनै कमी नआएको घलेगाउँ पर्यटन विकास समितिका सचिव उमल विकले बताए । उनका अनुसार दैनिक एक सय भन्दा बढि स्वदेशी र १५ भन्दा बढि विदेशी पर्यटक गाउँमा पुग्ने गरेका छन् । ‘अहिले दलित बस्तीमा रहेका होमस्टेमा पनि पर्यटक आउन थालेका छन्, यसले त्यहाँ पनि आर्थिक क्रियाकलाप बढाएको छ, ’ होमस्टे सञ्चालक समेत रहनुभएका उमलले बताए ।

होम स्टेको अवधारणा अनुरुप घलेगाउँसम्म पुग्नेहरुलाई गाउँमै रहेका घरमा खाने, बस्ने र सुत्ने प्रबन्ध मिलाईएको छ । त्यहाँ हरेकजसो घरमा  कोही पाहुनाको स्वागत/ सत्कारमा समय खर्चिन्छन् भने कोही साँस्कृतिक कार्यक्रम देखाउनमा व्यस्त रहन्छन् ।

सचिव उमलका अनुसार कुल एक सय २० घरधुरी रहेको घलेगाउँमा ३३ घरमा होमस्टे सञ्चालनमा छ भने पाँच घरमा नयाँ होमस्टे निर्माण हुँदैछ । गाउँको दलित बस्तीमा पनि दुई वटा सुधारिएको होमस्टे रहेका छन् । समितिका अध्यक्ष प्रेम घलेका अनुसार ०५७ सालदेखि घलेगाउँमा सुरु भएको होमस्टेले पछिल्लो समयमा गति लिन थालेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: