पढाइसँगै माहुरीपालन


प्रकाशित मिति :2017-01-16 13:37:00

शिवराज खत्री

अछाम । पक्की सडक छेउमै रहेको दुई तले घर । घरको छतभरी सेताम्य माहुरीका घार र तल गहुँबारी । गहुँबारी छेउमै पहेंलो तोरीबारी र त्यसको तल सुसाईरहेको बुढीगंगा नदी ।

घडीमा मध्यान्नको १२ बजेको छ, माहुरीहरु आफ्नै धुनमा कहिले घार भित्र र कहिले बाहिर गर्ने क्रम जारी नै छ । माहुरीको भुनभुनावटसँगै हातमा पञ्जा र टाउकोमा जाली सहितको टोपी लगाएर एक युवती हेरचाहमा जुटिरहेकी छिन् । ती युवती हरेक दिन यस्तै पहिरनमा माहुरीको वरपर भेटिन्छिन् ।

साँफेवगर नगरपालिका खाल्सैनकी २० वर्षीया निशा बुढाको घरको दृश्य हो यो । हातमा पञ्जा र टाउकोमा जालीसहितको टोपी लगाएर हेरचाह गरिरहेकी निशा गाउँकै हिमालय उच्च माविकी कक्षा १२ की विद्यार्थी समेत हुन् ।

बिहानै उठेर हरेक घारमा रहेका माहुरीको अवस्था बुझ्ने र तिनको दानापानीको व्यवस्थासँगै उनको दिनचर्या सुरु हुन्छ । ‘बिहानै उठेपछि मेरो पहिलो काम भनेको माहुरीको हेरचाह गर्नु हो, त्यसपछि मात्रै अरु काम गर्छु,’ निशाले सुनाइन्, ‘दिउँसो स्कुलको पढाई सकिएपछि फेरि माहुरीकै हेरचाहमा लाग्नुपर्छ ।’

वाक नेपाल अन्र्तगत जिविकोपार्जन तथा पोषण सुधार परियोजनाबाट माहुरी पालनको तालिम पाएपछि उनले पढाइसँगै माहुरीपालन गर्न थालेकी हुन् । चारो खोजेर दिनु नपर्ने तथा पालन पोषण गर्न धेरै खर्च गर्न नपर्ने भएकाले माहुरी पालन निकै सजिलो भएको उनले अनुभव सुनाईन् ।

परियोजनाले १० घार माहुरी सहयोग गरेपछि व्यवसायिक माहुरीपालनलाई अगाडि बढाउन उनलाई सहज भएको छ । माहुरीपालनको तालिमपछि उनले माहुरीको स्याहार गर्न, जंगली जनावर तथा अरिङ्गालबाट कसरी जोगाउने भन्ने बारेमा ज्ञान पाएकी छन् । ‘फुल फुल्ने सिजनमा खासै अप्ठेरो नभए पनि बेमौसममा भने आहारको व्यवस्था गर्न खट्नु पर्छ,’ उनले भनिन् ।

उनका अनुसार सिजनमा १५ दिनमै मह काढ्न मिल्ने र बेसिजनमा भने दुई तीन महिना कुर्नुपर्छ । उनी सदस्य रहेको नयाँ परिर्वतनशील माहुरीपालन कृषक समुहमा १० जना आवद्ध छन्, तर तालिम निशाले मात्र लिएकोले माहुरीपालनको सबै काम उनको जिम्मामा परेको छ । घरमा परिवार सबै कृषि पेशामा आवद्ध रहेकोमा आफु पनि कृषिलाई नै व्यवसायिक रुपमा अघि बढाउने उनको सोच छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: