तेस्रो मुलुक जान भारतीय बाटो


प्रकाशित मिति :2017-01-16 13:05:16

पार्वती पाण्डे
कपिलवस्तु । कामको लागी भारत हुँदै तेस्रो मुलुक जान लागेका दाङ लालमटियाकी २२ वर्षीय गीता (नाम परिवर्तन) र खोटाङकी २१ वर्षीय मीना (नाम परिवर्तन) लाई कपिलवस्तुको कृष्णनगरबाट उद्धार गरिएको छ ।

बुटवलबाट दिल्लीतर्फ गइरहेको सुपा देउरालीको यूपी १४ डीटी ०५९८ नम्बरको बसमा वैदेशिक रोजगारीका लागि भारततर्फ हिँडेका दुवैजनाको उद्धार गरिएको हो । भारत प्रवेश गर्ने क्रममा बसलाई चेकजाँच गर्दा शंकास्पद देखिएकाले उनीहरुलाई रोक लगाएको शान्ति पुनस्र्थापना गृहका संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो ।

गणेश कटुवाल भन्ने व्यक्तिमार्फत दुवैलाई भारतको बाटो हुँदै तेस्रो मुलुक लैजान लागिएको जान लागेको भट्टराईले बताउनुभयो । उहाँका अनुसार दिल्लीमा रवि ठाकुर भन्ने व्यक्तिले उनीहरुलाई लिन आउने तय भएको अनुसन्धानबाट पत्ता लागेको छ । उहाँका अनुसार विन्दु राई भन्ने महिलालाई दुवैजनाले पासपोर्ट सहित सम्पूर्ण कागजात बुझाएका थिए ।

उनीहरुलाई भारतको दिल्लीसम्म पुर्‍याउन सँगै हिँडेका सिन्धुपाल्चोक चौताराका ३० वर्षीय नविन श्रेष्ठलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, पीडित महिलाहरुले उजुरी दिन नचाहेपछि श्रेष्ठलाई प्रहरीले रिहा गरेको छ । उद्धार गरिएका दुवै महिलालाई परिवारको जिम्मा लगाई घर फिर्ता पठाईएको संयोजक भट्टराईले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: