अछाममा महिला हिंसाका अठ्सठ्ठी उजुरी


प्रकाशित मिति :2017-01-16 13:31:24

शिवराज खत्री
अछाम । जिल्ला प्रहरी कार्यालय अछाममा ६ महिनाको अवधिमा महिला हिंसाका ६८ उजुरी दर्ता भएका छन् । प्रहरीका सबै युनिटहरुमा लिखित तथा मौखिक रुपमा ६८ उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीले चालु आर्थिक वर्षको साउन देखि पुस महिना सम्म महिला हिंसाका ५४ वटा ठाडो उजुरी तथा १४ वटा लिखित उजुरी दर्ता भएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक निरजनदत्त भट्टले प्रहरीमा ठाडो उजुरीका रुपमा दर्ता भएका ५४ वटा उजुरीमध्ये धेरैजसो परिवारका सदस्यबाट हिंसा व्यहोर्नु परेको भन्दै महिलाले दर्ता गराएको जानकारी दिनुभयो ।

‘उजुरी गर्नेमध्ये अधिकांश महिलाले श्रीमान्बाट नै हिंसा व्यहोर्नु परेको बताएका छन्’ भट्टले भन्नुभयो, ‘यस्ता हिंसाका घटना घटाउनुमा मदिरा सेवन नै प्रमुख कारण देखिन्छ ।’ ठाडो उजुरीका रुपमा दर्ता भएका सबै मुद्दामा दुवै पक्षबीच छलफल पश्चात मिलापत्र गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रहरीमा लिखित रुपमै दर्ता भएका २७ उजुरी मध्ये महिला तथा किशोरीसँग सम्बन्धित १४ वटा उजुरीमा सबै भन्दा धेरै ६ वटा आत्महत्याका छन् । महिलाले हिंसा सहन नसकेर आत्महत्याको बाटो रोज्ने गरेको प्रहरीको बुझाई छ । त्यसपछि जर्बजस्ती करणीका एउटा र छाउपडी गोठमा मृत्यु भएका एउटा गरि दुई उजुरी दर्ता भएका छन् । यसैगरि, कर्तव्य ज्यान र बहुविवाहका पनि एक, एकवटा उजुरी दर्ता भएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: