जिल्ला प्रशासनमा स्तनपान कक्ष


प्रकाशित मिति :2017-01-16 14:43:21

महिला खबर

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपान कक्षको व्यवस्था गरेको छ ।

पछिल्लो समय लैङ्गिक विषयका मुद्धाहरु महत्वका साथ उठिरहेको बेला जिल्ला प्रशासनले पनि त्यसतर्फ काम गर्न थालेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी बताउनु भयो । उहाँका अनुसार सेवा प्रवाहलाई महिला मैत्री बनाउनका लागि यस्तो व्यवस्था गरिएको हो ।

जिल्लामा महिला र पुरुषको जनसंख्या झण्डै बराबरीको अवस्थामा रहेकोले सेवा लिन आउने महिलाको चाप समेत उतिकै रहन्छ । उहाँका अनुसार कार्यालयमा काम लिएर आउने कतिपय महिलासँगै स्तनपान गर्ने बच्चा समेत हुने र सार्वजनिक स्थानमा लाजका कारण उनीहरुले दुध नखुवाउने गरेका कारण स्तनपान कक्षको स्थापना गरिएको हो । कार्यालयमा कतिपयलाई धेरै समय लाग्ने गर्छ, जसका कारण बच्चाले स्तनपान गर्न पाउँदैनन् ।

‘समय समयमा आमाको स्तनपान गर्न पाउनु बच्चाको अधिकार हो । बच्चाको त्यो अधिकार सुनिश्चित गर्न र आमाले सहज तरिकाले स्तनपान गराउन भनेर कक्षको व्यवस्था गरिएको हो,’ उहाँले भन्नुभयो ।

एक औपचारिक कार्यक्रममा त्यहाँ पुगेका राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त कृष्णहरी बाँस्कोटाले जिल्ला प्रशासनले गरेको सो कामलाई नयाँ र प्रभावकारी भन्दै प्रशंसा समेत गर्नुभएको थियो ।

कार्यालयले ज्येष्ठ नागरिक, फरक क्षमता भएकाहरुका लागि समेत विशेष व्यवस्था गरेको छ, जसले गर्दा उनीहरुको काम छिटै सम्पन्न हुन थालेको छ । प्रशासनका काम सहज गराउन कार्यालयले श्रव्यदृश्य नागरिक वडापत्र समेत संचालन गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: