राष्ट्रपति भण्डारीले गरिनन् कन्यादान


छोरी निशाकुसुमको अन्तर्जातिय विवाह

प्रकाशित मिति :2017-01-16 16:25:53

महिला खबर

काठमाडौं । जननेता स्व. मदन भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह पूर्व राष्ट्रपति डा. रामवरण यादवका नाति अभिषेकका साथ आज सम्पन्न भएको छ । विवाह हिन्दु धर्म अनुसार सम्पन्न भएपनि दुलहीको कन्यादान र गोडा धुने कार्यक्रम भने नगरिएको राष्ट्रपति सचिवालयले जनाएको छ । अभिषेक पेशाले इन्जिनियर हुन् भने निशाकुसुम डाक्टर हुन् ।

बिहान १० बजेको शुभ साइतमा स्वयंवरको आयोजना गरिएको थियो । स्वयंवरमा दुलाहा अभिषेकका साथमा पिता मुनीलाल यादव तथा आमा किरण यादव आफन्तहरुका साथ शीतलनिवास पुगेका थिए ।

निशाकुसुम र अभिषेकको विवाह अर्न्तरजातिय हो । विवाहले नेपाली समाजमा सकरात्मक सन्देश दिएको छ । नेपाली समाजमा अन्र्तजातिय विवाह गरेका जोडी विस्थापित हुनुका साथै तिरस्कृत भएका प्रशस्त घटनाहरु छन् ।

राष्ट्रपति भण्डारीले शितल निवासबाटै छोरी अन्माउनुभएको थियो । विवाहित जोडीलाई आर्शिवाद तथा शुभकामना दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वराजा ज्ञानेन्द्र शाह, राजनीतिक दलका शीर्ष नेता, सुरक्षा निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधि लगायत विवाह समारोहमा पुगेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: