स्वास्थ्य चौकीमा आधुनिक बर्थिङ सेन्टर


प्रकाशित मिति :2017-01-17 09:58:17

पार्वती पाण्डे

कपिलवस्तु । बाणगंगा नगरपालिका, कोपवा कपिलवस्तुमा स्वास्थ्य चौकी निर्माण भइरहेको छ । भवन निर्माणपछि स्थानीयले बर्थिङ सेन्टर सहितको अत्याधुनिक स्वास्थ्य सेवा पाउनेछन् । २० कोठा सहितको सो स्वास्थ्य चौकी बनेपछि सुत्केरी, बालबालिका, वृद्धवृद्धा लगायतले अन्यत्र धाउनु नपर्ने र विरामीले सहज रुपमा उपचार गराउन सक्नेछन् ।

महिलाका लागि विशेष सेवाहरु सञ्चालन हुने कुराले त्यहाँका स्थानीय महिलाहरु खुशी भएका छन् । स्वास्थ्य सेवा सञ्चालनपछि प्रसुती सेवाका लागि जोखिम मोल्दै टाढा जानुपर्ने बाध्यता हट्ने स्थानीय सुनमली चौधरीले बताउनुभयो । स्वास्थ्य चौकीको भौतिक संरचना निर्माणका लागि चौकीले भोगचलन गरिरहेको करिब दश कट्ठा जमिनमा नै भवन निर्माण भइरहेको सिनियर अहेव ठगराज पौडेलले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकीको निर्माणपछि त्यस क्षेत्रका विरामीले खोप, परिवार नियोजन, सुरक्षित मातृत्व लगायत हेल्थ पोष्टबाट प्रदान गरिने नियमित सेवा पनि सहज रुपमा पाउने भवन निर्माण व्यवस्थापन समितिका सदस्य दीर्घ प्रसाद भुसालले बताउनुभयो । उहाँका अनुसार स्थानीयले मेडिकल अधिकृत सहित अत्याधुनिक प्रयोगशालाको अपेक्षा गरेका छन् ।

०७२ माघ १३ मा व्यवस्थापन समितिका जेष्ठ सदस्य चिरञ्जीवी गिरी र जिल्ला स्वास्थ्य प्रमुख बसन्त अधिकारीले शिलान्यास गरि भवन निमार्ण कार्य अगाडि बढाईएको थियो । भवन निर्माण ०७४ असार मसान्तसम्म भइसक्ने भवन निर्माण समितिका अध्यक्ष तथा वडा नं ११ र १२ का सचिव कृष्णप्रसाद खनालले बताउनुभयो । उहाँले भवन निर्माणको प्रक्रिया अन्तिम चरणमा रहेको र हाल त्यहाँ सफाई गर्ने काम भईरहेको जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: