युवा लक्षित व्यवसायिक परियोजनामा पचास प्रतिशत महिला आवश्यक


प्रकाशित मिति :2017-01-17 13:57:44

महिला खबर

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय अर्न्तगतको राष्ट्रिय युवा परिषद्ले बेरोजगार युवा लक्षित गरी व्यवसायिक परियोजना प्रस्ताव माग गरेको छ, जसमा अनिवार्य रुपमा ५० प्रतिशत महिलाको सहभागिता हुनुपर्नेछ ।

परिषद्का अनुसार फागुन ३ गते भित्र यु्वा समूहले परियोजना प्रस्ताव पेश गर्न सक्नेछन् । ७५ जिल्लाका २४० वटै निर्वाचन क्षेत्रका ‘एक वडा १० युवा, एक उद्यम’ कार्यक्रम अन्र्तगत परियोजना प्रस्ताव गरिएको हो । जसअनुसार, एक वडाबाट १० जनाको समुह बनाएर युवाहरुले प्रस्ताव पेश गर्न सक्छन् । १० जना युवामा ५ जना महिला हुनुपर्नेछ ।

उक्त प्ररियोजनामा प्रस्ताव दर्ता गराउनका लागी सामूहिक रुपमा संगठित दर्तावाला संस्था आवश्यक हुन्छ । एउटै वडाका १६ देखि ४० वर्ष उमेर समूहका युवाले संयुक्त रुपमा समूह बनाएर त्यसलाई आवश्यक प्रक्रिया सहित दर्ता गर्नुपर्नेछ ।

पुरानो संस्था भए त्यसैमार्फत पनि व्यवसायिक परियोजना प्रस्ताव गर्न सकिने छ । उत्कृष्ट प्रस्तावकले सरकारबाट आवश्यक सहयोग पाउनेछ । कृषि, वन, पशुपंक्षी, विज्ञान, सूचना प्रविधि, सञ्चार कला तथा संस्कृति लगायतका क्षेत्रमा आधारित भएर परियोजना तयार गनुपर्नेछ ।

५ वर्षसम्मको लागि ती परियोजनाले काम गर्नुपर्नेछ । परिषद्ले जिल्लाको युवा समिति कार्यालय मार्फत यो प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।

कार्यक्रमकाे सुचना यहाँबाट हेर्न सकिन्छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: