ट्रम्पको सपथ ग्रहणको भोलिपल्ट महिलाले जुलुस निकाल्ने


जुलुसमा लाखौं महिलाको उपस्थिति रहने

प्रकाशित मिति :2017-01-17 14:15:26

महिला खबर

एजेन्सी। ट्रम्पको सपथ ग्रहणको भोलिपल्ट अर्थात, २१ जनवरीमा वासिङटनमा ‘विमेन मार्स ग्लोबल’ ले महिलाको बृहत जुलुसको कार्यक्रम राखेको छ । ‘विमेन मार्स ग्लोबल’ एउटा विश्वव्यापी स्वस्फुर्त अभियान हो, जसले विश्वव्यापी रुपमा महिला अधिकारका लागि नेटवर्क बनाउने र सशक्तिकरणका अभियान सञ्चालन गर्दछ ।

विहान १० बजे सुरु हुने सो जुलुसले सबै लिङ्ग, जात, संस्कृती, राजनैतिक संगठन र विभिन्न पृष्ठभुमीका मानिसहरुलाई वासिङटनमा जम्मा पार्नेछ । उक्त जुलुसको उद्देश्य साझेदारीता, मानवीयता र प्रतिरोध र व्यक्तिगत दृढ संकल्पको संदेश दिनु रहेको छ ।

जुलुस कार्यक्रमलाई २०० भन्दा बढि साना तथा ठुला समुहले समर्थन गरेका छन् । कार्यक्रममा विभिन्न विषयहरु वातावरण, कानुनी गर्भपतन, बन्दीगृहका कैदीका अधिकार, भोट गर्न पाउने अधिकार, स्वतन्त्र प्रेस, स्वास्थ्य सुरक्षा, पेस्तोल व्यवस्थापना, जातीय तथा लैङ्गीक समानता, तलव वृद्धि लगायतलाई प्रतिनिधित्व गर्नेछ । सो जुलुसमा पुरुष सहभागीलाई पनि आमन्त्रित गरिएको छ ।

अमेरिकाको ५० वटै राज्यमा सोही दिन ३०० भन्दा बढि स्थानीय जुलुसहरु पनि निकालिने छन् । महिला जुलुसको समर्थनमा अन्य ३० देशले पनि जुलुसका विभिन्न कार्यक्रम बनाएका छन् ।

वासिङ्टनको जुलुसमा भाग लिन ३ लाख मानिसहरुले फेसबुक मार्फत हस्ताक्षर गरेका छन् भने अन्य २ लाखले उपस्थितीको लागि अनुरोध गरेका छन् । कार्यक्रममा उपस्थितीको लागि दैनिकजसो सहभागीहरु थपिने क्रम जारी छ र यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: