दृष्टिविहिन महिलालाई परिचयपत्र


प्रकाशित मिति :2017-01-17 14:35:28

सर्मिला बुढाथोकी

दोलखा । जिल्लामा एक सय २९ जना दृष्टिविहिन महिलालाई परिचयपत्र वितरण गरिएको छ । महिला तथा बालबालिका कार्यालय दोलखाका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा परिचयपत्र वितरण गरिएको हो ।

कार्यालयका अनुसार साउनमा १८, भदौमा २०, असोजमा २१, कात्तिकमा २०, मंसिरमा २० र पुस महिनामा २१ जना गरि कुल एक सय २१ दृष्टिविहिनलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको हो । महिला तथा बालबालिका कार्यालय दोलखाको निमित्त महिला विकास अधिकृृत सुर्जा दाहालका अनुसार दृष्टिविहिन महिलाहरुलाई पूर्ण, मध्यम र आंशिक रुपमा अपाङ्गता भएको परिचयपत्र वितरण गरिएको छ ।

जिल्लामा करिब छ हजार जना विभिन्न खाले अपाङ्गता भएका व्यक्ति रहेका र तीनमा आधाभन्दा बढि महिला रहेको जिल्ला अपाङ्ग संघ दोलखाले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: