प्रहरी नपुग्दै रोकियो बालविवाह


प्रकाशित मिति :2017-01-17 14:59:37

सर्मिला बुढाथोकी

दोलखा । जिल्ला बाल कल्याण समितिको पहलमा दोलखाको नाम्दु गाविसमा हुनै लागेको बाल विवाह रोकिएको छ । विवाह रोक्न प्रहरीले समेत पहल गरेपनि प्रहरी नपुग्दै विना झैझगडा विवाह रोकिएको थियो ।

नाम्दु गाविसका १६ वर्षिय किशोरीलाई लिन पुगेका मिर्गे खानीगाँउका १८ वर्षिय किशोरलाई स्थानीयको सहयोगमा जिल्ला बालकल्याण समितिले फर्काएको हो ।

कम उमेरमै विवाह हुन लागेको जानकारी आएपछि समितिले नाम्दुको शिक्षक, बुद्धिजिवि, समाजसेवी, स्थानीय राजनीतिक दलका प्रतिनिधिलाई विवाह बहिष्कार गरी त्यसलाई रोक्न आग्रह गरेको थियो ।

स्थानीयको पहलमा सहमतिमै विवाह रोकिएको महिला तथा बालबालिका कार्यालय दोलखाका सूचना अधिकृत शान्ति खड्काले बताउनुभयो । आपसमा प्रेम सम्बन्ध रहेका दुवैजनाले उमेर पुगेपछि मात्र विवाह गर्ने सहमति गरी फर्किएको सूचना अधिकृत खड्काले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रविन कार्कीले नाम्दुमा बालविवाह हँदैछ भन्ने जानकारी आएपछि प्रहरी पठाईएको तर प्रहरी पुग्नु अघिनै विवाह नगर्ने सहमतिमा दुवैपक्ष फर्किसकेकोले हस्तक्षप गर्नु नपरेको बताउनभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: