प्रहरी नपुग्दै रोकियो बालविवाह


प्रकाशित मिति :2017-01-17 15:01:04

सर्मिला बुढाथोकी

दोलखा । जिल्ला बाल कल्याण समितिको पहलमा दोलखाको नाम्दु गाविसमा हुनै लागेको बाल विवाह रोकिएको छ । विवाह रोक्न प्रहरीले समेत पहल गरेपनि प्रहरी नपुग्दै विना झैझगडा विवाह रोकिएको थियो ।

नाम्दु गाविसका १६ वर्षिय किशोरीलाई लिन पुगेका मिर्गे खानीगाँउका १८ वर्षिय किशोरलाई स्थानीयको सहयोगमा जिल्ला बालकल्याण समितिले फर्काएको हो ।

कम उमेरमै विवाह हुन लागेको जानकारी आएपछि समितिले नाम्दुका  शिक्षक, बुद्धिजिवि, समाजसेवी, स्थानीय राजनीतिक दलका प्रतिनिधिलाई विवाह बहिष्कार गरी त्यसलाई रोक्न आग्रह गरेको थियो ।

स्थानीयको पहलमा सहमतिमै विवाह रोकिएको महिला तथा बालबालिका कार्यालय दोलखाका सूचना अधिकृत शान्ति खड्काले बताउनुभयो । आपसमा प्रेम सम्बन्ध रहेका दुवैजनाले उमेर पुगेपछि मात्र विवाह गर्ने सहमति गरी फर्किएको सूचना अधिकृत खड्काले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रविन कार्कीले नाम्दुमा बालविवाह हँदैछ भन्ने जानकारी आएपछि प्रहरी पठाईएको तर प्रहरी पुग्नु अघिनै विवाह नगर्ने सहमतिमा दुवैपक्ष फर्किसकेकोले हस्तक्षप गर्नु नपरेको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: