अछाममा बयालीस प्रतिशत महिला निरक्षर


प्रकाशित मिति :2017-01-17 15:30:02

शिवराज खत्री


अछाम । अछामलाई पूर्ण साक्षर जिल्ला बनाउने तयारीमा जुटेको जिल्ला शिक्षा कार्यालयले गरेको घरधुरी सर्वेक्षणबाट २९ प्रतिशत नागरिक निरक्षर रहेको पाइएको छ, जसमध्ये  ४१.८५ प्रतिशत महिला छन् ।

जिल्लाका प्रत्येक घरमा पुगेर गरिएको सो सर्वेक्षणमा १५ देखि ६० वर्ष उमेर समुहका ४६ हजार चार सय ४१ निरक्षर भेटिएका छन् । उक्त उमेर समुहका महिला ७७ हजार एक सय १८ रहेकामा ३२ हजार पाँच सय २२ निरक्षर छन् ।

कुल एक लाख ६९ हजार एक सय २७ जनसंख्यामा एक लाख १२ हजार चार सय ९६ साक्षर छन् । पुरुषको भन्दा महिलाको साक्षरता प्रतिशत २४ ले कम छ । पुरुष ८२ प्रतिशत साक्षर रहेकोमा महिला ५८ प्रतिशत मात्र साक्षर छन् ।

१५ वर्ष भन्दा कम उमेरका निरक्षरहरुको तथ्याङ्क संकलन गरिए पनि विश्लेषण गर्न बाँकी रहेको विद्यालय निरीक्षक हरीदत्त जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला शिक्षा कार्यालयले राज्यको कुनै लगानी विना नै घर घरमा पुगेर निरक्षरको तथ्याङ्क संकलन गरेको हो ।

जिशिकाले आफ्नै कार्यालयका कर्मचारी, शिक्षक, विद्यार्थीलाई परिचालन गरेर निरक्षरको तथ्याङ्क संकलन गरेको विद्यालय निरीक्षक चक्र कुँवरले जानकारी दिनुभयो । सोही तथ्यांकलाई आधार मानेर अनौपचारिक शिक्षा समितिले चालू आर्थिक वर्षका लागि अछामलाई प्राप्त साक्षरता कक्षा वितरण गरेको छ ।

सामान्य अक्षर चिन्न, लेख्न, हिसाव किताव गर्न, व्यवहारिक ज्ञान जान्नेलाई साक्षरको सूचिमा राखिएको छ । चालू आर्थिक वर्षमा साँफेबगर नगरपालिका तथा मंगलसेन नगरपालिकाका ६ वडा र अन्य ५ वटा गाविसलाई पूर्ण साक्षर बनाउने उद्देश्यले साक्षरता कक्षा वितरण गरिएको जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टले जानकारी दिनुभयो । छोरीलाई अर्काको घरमा जाने भन्दै नपढाउने गलत मान्यताका कारण महिलाको साक्षरता दर कम देखिएको उहाँले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: