दोलखाका एक सय बालबालिकालाई आर्थिक सहयोग


प्रकाशित मिति :2017-01-18 10:55:06

सर्मिला बुढाथोकी

दोलखा । जिल्लामा भुकम्पपछि जोखिममा रहेका एक सय जना बालबालिकालाई बाल संरक्षण घट्ना व्यवस्थापन कार्यक्रम अन्र्तगत आर्थिक सहयोग गरिएको छ ।

केन्द्रिय बाल कल्याण समितिको सहयोगमा बालबालिकालाई जनही ५ हजार रुपैयाँका दरले आर्थिक सहयोग गरिएको महिला तथा बालबालिका कार्यालय दोलखाका सूचना अधिकृत शान्ति खड्काले बताउनुभयो ।

जिल्ला बाल कल्याण समितिले गठन गरेको समितिले जिल्लाको बाबरे, लामिडाँडा, काब्रे, सुन्द्रावती, सुनखानी, मालु, जफे, लापिलाङ, घ्याङसुकाठोकर गरि १० गाविस र भीमेश्वर नगरपालिका तथा चरिकोटमा रहेको स्नेह केन्द्रका समेत गरि कुल एक सय बालबालिकालाई सहयोग गरिएको हो ।

समितिले बालबालिका छनौट गर्दा केन्द्रको निर्देशन अनुसार हिंसा, दुव्र्यवहार तथा अन्य कारणले जोखिममा परेका, भुकम्प वा अन्य कारणले परिवार वा अभिभावकबाट अलग रहेका, लैङ्गिक हिंसामा परेका बालबालिकालाई प्राथमिकता दिइएको खड्काले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: