विकासका लागि स्थानीय जाग्नुपर्छ : मन्त्री मल्ल


प्रकाशित मिति :2017-01-18 12:40:28

पार्वती पाण्डे


कपिलवस्तु । शहरी विकास राज्यमन्त्री मीठू मल्लले शहरीकरणका लागि स्थानीय बासिन्दा आफैं सहभागी हुनुपर्ने बताउनु भएको छ । स्थानीय बासिन्दा एक भएर काम नगरेसम्म विकासको चाहना पूरा नहुने उहाँले भन्नुभयो । ‘स्थानीयको सहभागिताले नै विकास तीव्र रुपले अगाडि बढ्छ, यसैले सबैले सहकार्य गर्नु आवश्यक छ,’ उहाँले बताउनुभयो ।

नेपाल प्रेस युनियन कपिलवस्तुले वाणगंगामा राखेको पत्रकार सम्मेलनमा उहाँले सरकारले शहरी क्षेत्रको विकासका लागि योजना तथा बजेट विनियोजन गरिरहेकोले त्यसको कार्यान्वयनको लागि स्थानीयबासी सक्रिय हुनुपर्ने बताउनुभयो ।

सरकारले विकासका विभिन्न योजना बनाई सुन्दर र प्रदुषण मुक्त शहर निर्माणमा गृहकार्य गरिरहेको समेत उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ बन्ने संरचनामा नगरपालिका संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा रहेपनि त्यसको लागि आवश्यक सहयोग गर्ने काम शहरी विकास मन्त्रालयले पनि गरिरहेको छ । स्थानीय बासिन्दाले सक्रियता देखाउँदा उनीहरूको आवश्यकता अनुसारको योजना बनाउन सघाउ पुग्ने पनि उहाँको भनाइ थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: