बुहारी बलात्कार गर्ने ससुरा थुनामा


प्रकाशित मिति :2017-01-18 14:39:39

महिला खबर

काठमाडौं । साढे दुईवर्षदेखि आफ्नै बुहारीलाई बलात्कार गर्ने ससुरालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ ।

जिल्ला अदालतका श्रेस्तेदार टेकराज जोशीले मुद्दा चलिरहेकाले ससुरालाई पुर्पक्षका लागि थुनामा राखिएको बताउनुभयो । बलात्कार आरोपी कञ्चनपुर जिल्लाका नेपाली काँग्रेसका नेता समेत हुन् । उनकी बुहारीले विवाह भएको एक हप्तादेखि नै  ससुराले आफूलाई बलात्कार गर्दै आएको भन्दै जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा गत महिना उजुरी दर्ता गराएकी थिइन् ।

घटनाबारे जानकारी गराउन उनले २० पुषमा पत्रकार सम्मेलन समेत गरेकी थिइन् । सो सम्मेलनमा ०७१ असारमा विवाह गरेपछि श्रीमान् पढाईको सिलसिलामा बाहिर गएको र त्यसपछि ससुराले ‘घाँटीमा छुरा’ देखाएर बारम्बार यौन शोषण गर्दै आएको उनले बताएकी थिइन् ।

‘ससुराले यो कुरा घर बाहिर गरे मारिदिने धम्की दिन्थे, त्यसैले मैले बदनाम र डरका कारण कसैसँग भनिनँ,’ उनले सो पत्रकार सम्मलेनमा भनिन् ।

ससुरावाट बलात्कृत युवतीले गरिन् पत्रकार सम्मेलन

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: