अछाममा घरमूली महिला लक्षित कार्यक्रम


प्रकाशित मिति :2017-01-18 16:43:53

शिवराज खत्री
अछाम । जिल्लामा कृषि अनुसन्धान, प्रसार र शिक्षालाई प्राथमिकतामा राखेर महिला घरमुली भएका परिवारका लागि दुईवटा नयाँ कार्यक्रम लागू हुने भएका छन् ।

जिल्ला कृषि विकास कार्यालयलले सदरमुकाम मंगलसेनमा एक कार्यक्रमको आयोजना गर्दै खाद्य सुरक्षाका दृष्टिकोणले पछाडि परेका गाविसका कृषकलाई लक्षित गरि नयाँ कार्यक्रम शुरु गरिएको जानकारी दिएको छ । सो अन्र्तगत नेपाल कृषि सेवा विकास कार्यक्रम ‘प्रयास’ र नेपाल कृषि बजार विकास ‘सहज’ कार्यक्रम सुरु हुन लागेको हो ।

कार्यक्रममा ‘प्रयास’ कार्यक्रम अन्र्तगत खाद्य सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेर कृषिमा अनुसन्धान तथा जलवायु परिवर्तन अनुकुलनका कार्यक्रम संचालन गरिने र ‘सहज’ कार्यक्रमले महिलाले उत्पादन गरेका कृषि उत्पादनलाई बजारसम्म पु¥याउन समन्वय गर्ने जानकारी दिइएको छ ।

महिला घरमुली भएका परिवारलाई लक्षित गरि कृषिलाई आधुनिकीकरण गर्न कृषि औजार, यन्त्रमा अनुदान दिने, व्यवसायिक कृषि गर्ने कृषकलाई सहयोग गर्ने कार्यक्रम रहेको हेल्भेटास इन्टरकोअपरेशन अछामका प्रमुख कृति पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा यो वर्ष अछामका पाँच गाविसमा ती कार्यक्रम संचालन हुनेछन् ।

हेल्भेटासकै हेमन्त न्यौपानेले पहिलो चरणमा पाँच गाविसका कुल तीन सय ७५ घरधुरीलाई लक्षित गरी कार्यक्रम संचालन गर्न लागिएको र तीनमा पनि ३८ घरधुरी महिला घरमुली भएकोले तीनलाई विशेष लक्षित गरिने जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: